२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

दोलखाको सिङ्गटिमा १५ किसिमको रोगको निशुल्क अप्रेसन सेवा सुरु

दोलखा । दोलखाको तिनवटा गाउपालिकाको केन्द्र सिङ्गटिमा अबस्थित रोल्वालिङ सामुदायिक अस्पतालले यहि माघ १५देखि फागुन १५ सम्म एक महिने निशुल्क र
विशेषज्ञ डाक्टरहरुको अत्याधुनिक प्रबिधिबाट सल्यक्रिया सहितको उपचार सेवाको प्रारम्भ गरेको छ।

बिगतमा असोज२३गत्ते देखि कार्तिक १५ सम्म पनि रोल्वालिङ सामुदायिक अस्पतालले हाइड्रोसिल
र हर्नियाको नि शुल्क अप्रेसनको सुबिधा सहित बिरामिलाइ निशुल्क खाना र नि शुल्क नर्सिङ तथा बेड चार्ज सहितको सुबिधा प्रदान गरेकोमा दोलखाको बिगु कालिन्चोक र गौरीशंकर गाउपालिकाको करिब ३दर्जन सेवाग्राहिहरुले सेवा लिएको रोल्वालिङ सामुदायिक अस्पताल संचालक
सुब्बा खड्काले बताए।

 

विशुद्ध निजि लगानिमा सन्चालित अस्पताल भए अस्पतालको तर्फबाट आफुले सकेको सेवा र सुविधामा कुनै कन्जुस्याइँ नगरेको सन्चालक खड्काको भनाइ छ।

हाइड्रोसिल र हर्निया सहित १५ किसिमको रोगको पुर्णतः निशुल्क रहेको र हाडजोर्नी हड्मा स्टिल राख्ने निकाल्ने टाइटानियम बोन सिमेन्ट राख्ने
जोर्नी प्रत्यारोपण नशा तथा मेरुदण्डको अप्रेसन पित्तथैली तथा पाठेघर अप्रेसनका सेवाहरुमा सहुलियत शुल्क रहेको रोल्वालिङ अस्पतालको विशेषज्ञ डाक्टर बिबेक श्रेष्ठ बताए

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस