२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

तामाङ समाजको सोनाम ल्होछार शुभकामना तथा बिशेष अन्तरक्रिया

दोहा : नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा “२८६० औं सोनाम ल्होछार” शुभकामना आदानप्रदान, तामाङ संस्कार संस्कृती तथा ल्होछार सम्बन्धि विशेष अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ ।

“तामाङ संस्कार – संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौं तामाङ जातिको महान राष्ट्रिय  पर्व मञ्जुश्री संवत् २८६० सोनाम ल्होछार घर–घरमा मनाऔं” भन्ने मुल नारालाई आत्मसाथ गर्दै सुचारु गरिएको कार्यक्रममा समाजका अध्यक्ष सुवास पाख्रिन तामाङको सभापतित्व, नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आथित्यमा संचालन गरिएको कार्यक्रममा नेपालबाट आमन्त्रित बरिस्ठ संस्कृतिविद तथा अनुसन्धानकर्ता अजित मान तामाङको  विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एनसीसी कतारका दितिय उपाध्यक्ष केशव कार्की सामाजिक अभियान्ता सागर नेपाल, लगायत विभिन्न सामाजिक बौद्धिक, अन्य विभिन्न संघसस्था,पत्रकार,बुद्धिजीवी तथा सामाजिक ब्यक्तित्व,लामा गुरु, विशेष अथिति,अथितीको बाक्लो उपस्थिति रहेको थियो ।त्यसैगरि १०८ बत्ती बालेर बिश्व सान्तीको कामना पनि गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अथिती मगरले तामाङ समाज कतारले प्रवासी भुमी कतारमा रहेरपनि आफ्नो मौलिक संस्कार सस्कृती,रितिरिवाज परम्परालाई जिवन्त राख्न गरिएको कार्यक्रम अत्यन्तै सह्रानिय रहेको बताए।ल्होछार कार्यक्रम खाने पिउने रमाउने भन्दा यसरी अन्तरक्रिया  कार्यक्रम गर्नाले ल्होछारको महत्त्व बढ्ने कुरामा जोड दिए ।

वरिष्ठ  संस्कृतिविद तथा अनुसन्धानकर्ता अजित मान तामाङले नेपाल बहु जातीय, बहु सांस्कृतिक, बहु धार्मिक र बहुभाषिक विशेषता बोक्ने मुलुकको परिचय कतारमा पनि मिलेको बताए । ल्होछार कार्यक्रममा नेपालमा बसोबास गर्ने प्राय सबै जाती समुदायका व्यक्तिहरुको उपस्थिति देखियो भन्दै आयोजक संस्था प्रती धन्यवाद प्रकट गरे ।

उनले ल्होसार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँने, अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन, तामाङ समुदायमा यो दिन हर्षोल्लास मनाउँने बताए । राष्ट्रिय ल्होछार पर्व किन कसरी र कहिले देखि मनाईन्छ भन्ने बारेमा थप प्रष्ट पार्दै बरिस्ठ संस्कृतिविद तथा अनुसन्धानकर्ता तामाङले ल्होछार पर्व तथा तामाङ डम्फू बाजाको बारेमा विशेष चर्चा गरेका थिए ।

दुई चरणमा पृथक रुपमा कार्यक्रम गर्ने गरि पहिलो चरणको कार्यक्रम पुजा – आजा, शुभकामना आदानप्रदान, तामाङ संस्कार संस्कृती तथा ल्होछार सम्बन्धि विशेष अन्तरत्रिया कार्यक्रम गरिएको र आउँदो शुक्रबारको दिन अलदोसरी स्थित साहनिय गार्डेनमा विशेष साँस्कृतिक प्रस्तुति रहने आयोजक संस्था “नेपाल प्रवासी तामाङ समाज कतारले जनाएको छ ।

सभापती सुबास तामाङले बोल्दै उपस्थित सम्पुर्ण विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गर्नुहुने अतिथि हरु, कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल पार्ने कार्यसमिती तथा बिभिन ठाउँ बाट योगदान पुर्याउनु हुने सम्पुर्णलाई धन्यबाद दिदै औपचारिक कार्यक्रमको समापन भएको बताए ।

सन २००५ मा कतारमा स्थापना गरिएको सस्थाले सक्रिय रुपमा तामाङ जातिको भाषा,कला,धर्म,संस्कृति र परम्परालाई जोगाउने उदेश्यले विभिन्न चेतनामूलक कार्यक्रम साथै मौलिक सोनाम ल्होछार चाड भब्य तरिकाले मनाउँदै आएको छ । संस्थाका का.बा महासचिव श्री पाख्रिन तामाङले सहजीकरण गरेको कार्यक्रममा कार्यक्रम संयोजक अस्मिता घिसिङ तामाङको स्वागत मन्तव्य रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस