२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

सिन्धुली  सेवा समाजको ११ औं अधिवेशन  हुदै  

दोहा । सिन्धुली  सेवा समाज कतारको  ११ औं अधिबेशन आउने शुक्रबार हुने भएको छ ।  प्लाजामल  स्थित  वेलफेयर रेस्टुरेन्टको सभाहलमा   २३ फेब्रुअरी २०२४ अधिवेशन   हुने कार्यक्रमको जानकारी अध्यक्ष कृष्ण बर्माले  दिएका छन ।

 

 जिल्लाको साझा  सस्थाको रुपमा स्थापित गरेको संस्था सिन्धुली  जिल्लाबाट कतारमा आई विभिन्न  पेसा, ब्यावसाय, श्रमिकका रुपमा रहदै आएका सिन्धुलीबासीहरुले सामाजिक सेवा र गतिविधिका लागी खोलिएको हो ।

सामाजिक भावनाले  प्रेरित संस्था ” सिन्धुलीबासीहरुको प्रवासमा एकता आपसी सहयोग  र सामाजिक कार्यमा हाम्रो अग्रता  ” भन्ने नाराले सजिएको छ ।

 

 ११ औं  अधिवेशनलाई सम्बोधन गर्न  सिन्धुली जिल्लाबाट निर्वाचित माननीय लेखनाथ दाहाल राजन आउने जानकारी  समाजले निमन्त्रणा  पत्रमा उल्लेख गरेको छ ।

 

यस अवसरमा समाजले कतारमा स्थापित विभिन्न संघ सस्था, प्रमुख तथा प्रतिनिधिहरु   समाजसेवी, ब्याबसयी पत्रकार तथा  कतारलाई कर्म थलो बनाई रहनु भएका तपाईं सम्पूर्ण शुभचिन्तकहरुलाई  उपस्थितिको लागी हार्दिक अनुरोध  गरेको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस