२०८१ कार्तिक ५ गते सोमवार | 2024 October 21st Monday

कलाकार आईपुगे सगै स्याङ्जा सहयोग समाज कतारको सांस्कृतिक कार्यक्रमको तयारी पूरा

दोहा , आगामी शुक्रबार कतारको दोहामा एउटा भव्य सांस्कृतिक कार्यक्रम हुँदैछ। १९ औं वार्षिकोत्सबको अवसरमा स्याङ्जा सहयोग समाज कतारको आयोजनामा विबिध साँस्कृतिक कार्यक्रम हुनेभएको हो। जसको तयारी अन्तिम चरणमा पुगेको आयोजक टिमले जनाएको छ।

कार्यक्रमको लागि नेपालबाट कलाकारहरु समेत कतार आइपुगेका छन्। दोहाको अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट लोकप्रिय गायक खुमन अधिकारी, गायिका कमला गैर्हे र पछिल्लो समयकी हिट मोडल तथा डान्सर अस्मिता रनपाल बुधबार राति कतार आईपुगेका हुन्।

नेपालबाट आएका कलाकारहरुलाई स्वागत गर्नको लागि स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष,महासचिव कार्यसमितिका पदाधिकारी लगायत अन्य ब्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए । नेपालीहरुको नयाँ बर्ष २०८१ सालको अवसरमा शुभकामना आदान- प्रदान तथा  “राम्दीधाम वृद्धाश्रम सहयोगार्थको लागि १९ औं वार्षिकोत्सवको साथमा  विविध साँस्कृतिक  २०२४ कार्यक्रमको आयोजना गरिएको हो । कलाकारहरु कतार आईपुगेसगैं कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम सयोंजक घनश्याम जैसीले जानकारी दिए ।

कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने भएको छ। साथमा नेपाली मौलिक पञ्चेबाजा सहितको सगिंत नृत्य प्रस्तुत गर्ने आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा सबैलाई उपस्थितिको लागि समाजले अनुरोध समेत गरेको छ । कार्यक्रममा जान आउन कतारका विभिन्न स्थानबाट निःशुल्क यातायातको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस