२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

बृहत सांस्कृतिक कार्यक्रम सहित साधारण सभाको तयारीमा पर्वत समाज कतार

दोहा : पर्वत समाज कतारले “वार्षिक साधारण सभा सहित विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

“राष्ट्रीय कलाकारलाई सम्मान, स्थानीय कलाकारहरुलाई प्रोत्साहन “ भन्ने मुल उदेश्यका साथ ” पर्वते राजाले परिचित लोकदोहरी गायक आर.सी पौडेल तथा गैरआवासीय नेपाली तारा–३ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम नृत्याङगाना निरु श्रेष्ठ सहितका कलाकार हरुको प्रस्तुतिमा बृहत कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

मानवीय सहयोगलाई थप व्यवस्थित र दीर्घकालीन बनाउनको लागि पर्वत समाज कतारको संरक्षकत्वमा बहुदेश्यीय अक्षय कोष स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष रघुनाथ शर्माले जानकारी दिए । शर्माले अक्षयकोष स्थापना गर्ने पवित्र अभियानमा आफुले पनि सबैबाट साथ सहयोग अपेक्षा गरेको बताए ।

संस्थाले बहुदेश्यीय अक्षय कोष स्थापना गर्ने उदघोष गरि आगामी अप्रील २६ तारिख नज्मा स्थित कलिकोट रेष्टुरेन्टमा विविध साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा साधारण सभा मनाउन लागेको हो ।

सन् २००३ मा “निस्वार्थ सेवामा, हाम्रो पर्वत राम्रो पर्वत” भन्ने मुल नारा सहित स्थापीत संस्थाले कर्मभुमीमा समस्यामा परेका पर्वतेली तथा गैर पर्वतेली एवं मातृभुमीमा विभिन्न समयमा आउने विपत्तीमा सहयोग गर्दे आएको छ ।

संस्थाले कार्यक्रममा सहभागिताको लागि कतारमा स्थापीत सम्पुर्ण संघ–संस्था, समाजसेवी, बुद्धीजीवी एवं पत्रकार ज्युहरुलाई निमन्त्रणा पठाई सकिएको भन्दै सहभागिताको लागि अनुरोध गरेको छ । विविध साँस्कृतिक कार्यक्रममा यातायातको सुविधा सहित प्रवेश निशुल्क रहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस