२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

गोरखा सेवा समाज कतारले चर्चित कलाकारहरुका साथमा बृहत् सांस्कृतिक कार्यक्रममा आयोजना गर्ने

कतार,  गोरखा सेवा समाज कतारले आगामी १७ जुन २०२४ मा ईदको दोस्रो दिन बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीनिर्जला गुरुङ, भर्सटायल गायक/गायिका समिक्षा अधिकारीउर्गेन दोङको प्रस्तुति रहनेछ ।

मानव सेवा आश्रम गोरखा शाखाको नयाँ भवन निर्माणको सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रममा  कतारका स्थानिय कलाकारहरुको साथै पन्चेबाजाको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रम ट्युनिसियन स्कुल, अल लक्ताको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

कार्यक्रममा सहभागी हुन टिकट कतारमा रहेका सम्पूर्ण नेपाली रेष्टुरेन्टहरुमा पाइनेछ भने यातायातको व्यवस्था आयोजकले गर्नेछ ।

थप जानकारीको लागि:

  • राकेश श्रेष्ठ – ५५९९७५३९
  • रामजी खत्री – ७७७२३१४७
  • ओम गुरुङ – ५५९४२८१३
  • विमल न्यौपाने – ५०७४१९००
  • विकास श्रेष्ठ – ३०८९१९३१
  • सुजन धिताल – ७०७९७८४६
  • अर्जुन संग्रौला – ७०६१८००९

गोरखा सेवा समाज कतारले सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भई भव्यताका साथ सफल बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस