२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

नेपाली जनसम्पर्क समिति कतारको १७ औ स्थापना दिवसमा गगनको सम्बोधन

दोहा , नेपाली जनसम्पर्क समिति कतारले शुक्रबार आयोजना गरेको  १७ औ स्थापना दिवसमा गगन थापाले सम्बोधन गरेका छन् l सुक्रबार सम्पन्न भएको कार्यक्रममा थापा सहित केन्द्रीय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर, जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेलको पनि सम्बोधन रहेको थियो l

नेपाली काङ्ग्रेसका महामन्त्री एवं सघिय सांसद गगन कुमार थापा प्रमुख आतिथ्याता तथा जनसम्पर्क समिति कतार  सभापति अजिज अलिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रमुख अतिथि थापाले सम्बोधन गर्दै सरकारले विकासका लागि गति र गन्तव्यको सही पहिचान गर्न नसकेको स्वीकार गरे । उनले नेपाललाई आगामी पाँच वर्षभित्र मध्यम राष्ट्रको सूचीमा पु¥याउनुपर्ने बताए । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगरी चुनाव लड्ने भन्दै अन्य दलहरुलाई पनि गठबन्धन नगरी चुनावमा जान आग्रह गरे । नेपालमा संघीयताको विरोधका आवाज आफूले पनि सुनेको बताउँदै संघ र प्रदेशको संरचनामा ठिक भए पनि माननीयहरूको संख्यामा पुनर्विचार गर्दै निर्वाचन संरचनामा पनि पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा विभिन्न वक्ताले दिएका सुझावलाई आफूले सदनसम्म लैजाने प्रतिबद्धता समेत थापाले व्यक्त गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महरले राणाहरूको शासनबाट  आजसम्मको प्रगति हेर्ने हो भने राजनीतिक रूपमा मात्र नभइ सामाजिक तथा विकासका गतिमा नेपालले प्रगति गरिरहेको दाबी गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेलले हालसालै नेपालमा भएको कतारका अमिरको भ्रमणका क्रममा श्रमिकको हितमा प्रतिफल निस्कने गरी सरकारले मुद्दा उठाउन नसकेको दाबी गरे ।

कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले श्रमिकका पक्षमा काम गर्दा गर्दै सरकारले फिर्ता बोलाएकोप्रति लक्षित गर्दै आफू फिर्ता जाँदै गर्दा केही योजनाले पूर्णता नपाएको बताए ।

कार्यक्रममा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले नेपाली श्रमिकहरुको समस्याहरुबारे बोलेका थिए l

कार्यक्रममा नेपाली कलाकारहरुले सांस्कृतिक प्रस्तुतिहरु दिएका थिए दिवसको अवसर पारेर समितिले संथापक सल्लाहकार,सस्थांपक महामन्त्री नेविसंघका पुर्व अध्यक्ष ,जनसम्पर्क बिभाग प्रमुख तथा कार्यक्रमलाई सम्बोधन गर्न आएका प्रमुख अतिथिलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित मायाको चिनोले सम्मान गरेको थियो ।

समितिका महामन्त्री केदार भुसालले सहजीकरण गरेको कार्यक्रममा समितिका सभापति मोहमद अजिज अलिले वार्षिकोत्सव कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस