२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

बागमती प्रदेशद्वारा राजदूत ढकाललाई सम्मानसहित विदाई 

दोहा l बागमती प्रदेश समन्वय परिषद् कतारले कतारका लागि नेपाली राजदत डा. नरेश विक्रम ढकाललाई सम्मानसहित बिदाइ गरेको छ । प्रदेशले कार्यक्रमको आयोजना गर्दै  राजदूत ढकाललाई दोसल्ला ओडाएर मायाको चिनोले सम्मान गर्दै बिदाइ गरेको हो।

 

कार्यक्रममा बागमती प्रदेश समन्वय परिषद् कतारका सल्लाहकार संरक्षकहरू लगायत सम्पूर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थित रहेको थियो l डा. नरेशविक्रम ढकाल २०७९ असार २२ मा कतारका लागि नेपाली राजदूत भएर आएका थिए l कतारमा आफ्नो कार्यकालको दुई वर्ष १० दिन बिताएका ढकाललाई  नेपाल सरकारले गत जेठ २४ गते भारत र अमेरिकालगायत ११ मुलुकका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय गरेको थियो l

 कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका ढकालले नेपाली समाजसँग   ढकालले कतारका अमिरको नेपाल भ्रमणले सकारात्मक ऊर्जा दिएको बताउँदै अब आउने राजदूतले फलोअप गरेमा थुप्रै कार्यसम्पादन हुने विश्वास व्यक्त गरे । राजदूत ढकालले करिब २ दशकदेखि श्रमिक सम्झौता पुनः  नवीकरण गर्न नसकेकोमा दुःख व्यक्त गर्दै श्रम सम्झौता राजदूतको मात्र प्रयासले सफल नहुने स्पष्ट पारे ।

 

 उनले आफ्नो फितीं सम्बन्धमा विधि प्रक्रिया स्वीकार्दै  राजदूत सरकार फेरिएसँगै फितां जानुपर्ने वाध्यताको अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता रहेको बताउँदै पूरा  कार्यकाल काम गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए। उनले आफू जहाँ रहेपनि श्रमिकका लागि सहयोग र सबैसँग सहकार्य गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रममा विदाईसँगै आगामी दिनको अग्रिम सफलताको शुभकामना   दिनेहरूमा संस्थाका संरक्षक सागर  नेपाल, संरक्षक आरसी पन्त र संरक्षक देवकाजी डंगोल प्रमुख सल्लाहकार राजेन्द्र देवकोटा लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा कला पत्रकारहरू रहेका थिए l

 

औपचारिक रूपमा  आयोजना गरेको विदाई तथा सम्मान कार्यक्रमको सभापतित्व बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष ललितकुमार तामाङले गरेका थिए l  संस्थाका उपाध्यक्ष सुकदीप खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव गणेश अधिकारीले गरेका थिए।

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस