२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय महाधिवेशन हुँदै

दोहा l प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कतारको सातौं राष्ट्रिय अधिवेशन अल ड्राइभिङ स्कुलमा हुने भएको छ। सातौं अधिवेशन आगामी १९ शुक्रबार २०२४ बिहान ११:३० बजेदेखि हुने भएको छ l

 

प्रवासी नेपाली मञ्चको सातौं महाधिवेशनलाई सम्बोधन गर्न नेकपा (एमाले) बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री क. ईश्वर पोखरेल आउने भएका छन् l  कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारीहरू, महादेशीय कमिटीका नेताहरु तथा मध्यपूर्वमा रहेका राष्ट्रिय कमिटीका अध्यक्षहरू अधिवेशनलाई सम्बोधन गर्न कतार आउने भएका छन् l

 

कतारको नेपाली समाजमा छुट्टै इतिहास बोकेको प्रवासी नेपाली मञ्चको सातौं महाधिवेशनको मिति  नजिकदै गर्दा छुट्टै तरङ्ग पैदा भएको छ। पार्टीको केन्द्रमा हुने गतिविधिले  कतारको संगठनको साथै कतारको नेपाली समाजलाई पनि प्रभाव पारेको हुन्छ। त्यसैले प्रवासी नेपाली मञ्चको नेतृत्व सक्षम र सबल हुन हुन जरुरी छ। प्रवासी नेपाली मञ्चको नेतृत्वले नेपाली समाज  बुझ्न जरुरी छ। अधिवेशनबाट बन्ने नयाँ कार्यसमितिका लागि रोमाञ्चक र चुनौतीपूर्ण प्रतिस्पर्धा हुन सक्ने सम्भावना रहे पनि सबैलाई समेटेर सर्वसहमत गराएर लैजान सके सुनमा सुगन्ध हुने थियो।

 

अधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न अफसर अलि खानको संयोजकत्वमा अधिवेशन आयोजक समिति गठन गरिएको छ l विदेशमा रहेका नेपालीहरूको हक, हितका लागि आवाज उठाउँदै आएको मञ्चले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको सायोजकले बताए। संयोजक खानका अनुसार अतिथि सत्कार, व्यवस्थापन, प्रचारप्रसार, आर्थिक, यातायात व्यवस्थापन, स्वयंसेवक तथा हल व्यवस्थापनका लागि उप-समितिहरू निर्माण गरी तिनका संयोजक तथा सदस्यहरू मनोनीत गर्दै जिम्मेवारी बाँटफाँट पनि गरिएको बताए ।

उनले कार्यक्रममा सहभागी भई शोभा बढाइदिन सम्पूर्ण नेपाली दाजुभाईदिदीबहिनीहरु लगाएत कतारमा स्थापित नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु, पेशागत ब्यबसायीहरु, बुद्दिजीवी, समाजसेवी, पत्रकार लगाएत सबैलाई   हार्दिक अनुरोध गरेका छन् l

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस