२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

एनआरएन एनसीसी कतारसंगै कतारमा स्थापित संस्थाहरुको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न

दोहा । नेपाली राजदूतावास कतार, एनआरएन एनसीसी कतार र नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा कतारमा स्थापित  संघ-संस्थाको संयुक्त आयोजनामा “बृहत रक्तदान” कार्यक्रम सम्पन्न भएको छ ।

 नेपाली दुतावासको सभा-हलमा १९ जुलाई २०२४ का दिन एनसीसी कतारका महासचिव रबिन मगरले रक्तदान गर्दै शुभारम्भ गरेका थिए ।

कार्यक्रममा १४७ जनाले रक्तदान गर्नको लागि नाम टिपाएपनि जम्मा १११ जनाले रक्तदान गरेको थिए भने ३६ जनाले विभिन्न कारणले रक्तदान गर्नबाट बन्चित रहे ।

कार्यक्रममा  कतार भ्रमणमा रहेका (एमाले) का वरिष्ठ उपाध्यक्ष,नेपाल सरकारका पुर्व उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेपाली दूतावास कतारका प्रथम सचिव कृशु क्षेत्री, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित थुप्रै संघ -संस्थाका प्रतीनिधि तथा रक्तदाताहरुको उपस्थिति रहेको थियो ।

“रक्तदान आफैमा एउटा पुण्यको काम हो” । प्रत्यक्ष पुण्य कमाउनको लागी रक्तदान भन्दा ठुलो अर्को कुनै उपाय छैन ।आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा हो । यसै अनुरुप जीवन जोखिममा रहेका मानिसहरुको रक्षाको लागी मानवीय कार्यलाई अगाडी सार्दै रक्तदानको कार्यक्रमको आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस