२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

माओवादीलाई साथ लिएर नजाने शर्तमा कांग्रेस र एमालेको सहकार्य : वरिष्ठ उपाध्यक्ष पोखरेल।

दोहा l प्रवासी मञ्च कतारको सातौँ अधिवेशनलाई दोहामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले आउँदो निर्वाचनमा माओवादीलाई साथ लिएर नजाने शर्तमा एमालेले नेपाली कांग्रेससँग सहकार्य गरेको बताएका छन् l

 मुलुकको राजनीतिक अवस्था अस्थिर  हुँदा ३०, २० सिटे नेताहरू  प्रधानमन्त्री बन्ने अवस्था आयो । त्यसैले जनताको अभिमत कदर गर्दै कांग्रेस र एमाले मिलेर  सरकार बनाउनुपर्ने परिस्थिति सिर्जनावाद भएको बताएका थिए।

पोखरेलले छिमेकी सङ्ग कि झरङ्ग रिसाएर गाली गर्ने कित, घुडा टेक्ने प्रवृत्तिको कारण हेपिएको बताए । “समृद्धि नेपाल सुखी नेपाल” बनाउनको लागि उद्योग – कलकारखाना , उर्जा,कृषी,पर्यटन लगायतका कुरामा  ध्यान दिनुपर्ने बताए ।

प्रवासी नेपाली श्रमिकहरुले पठाएको रेमिट्यान्सले देश धानेको बोल्दै पोखरेलले, नयाँ सरकारले “रेमिट्यान्स” ब्याबस्थित बनाउने कार्यमा जोड दिने बताए ।

देश समृद्धि बनाउने कुरामा होश वा रोजगारी सृजना गर्ने कुरामा केपी ओलिको सरकार दृढ़ रहेको कुरामा बिश्वास दिलाउदै “समृद्ध नेपाल सूखी नेपाली” बनाउने अभियानमै रहेको बताए ।  बिश्वका ३७ देशमा फैलिएको प्रवासी नेपाली मञ्च संगठनलाई पार्टीले लिएको मिसन (८४)  पूरागर्न  भुमिका पनि अतुलनीय रहेको बताउदै सबैजना एकजुट भएर लाग्नुपर्नेमा  जोड दिए ।

अधिवेशनमा  नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया मञ्चका अन्तराष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापा, अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेल,कोशि प्रदेश कमिटी अध्यक्ष घनस्याम खतीवडा,मञ्चका अन्तराष्ट्रिय कमिटीका सदस्य शालिक राम पन्त,मध्यपुर्व संयोजक प्रकाश कोइराला, मञ्च कतार संस्थापक अध्यक्ष तथा मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईं लगायत कतारमा स्थापित विभिन्न बैचारिक तथा सामाजिक संघ संस्था तथा सामाजिक व्याक्तीत्व हरुको उपस्थिति सहित मन्तव्य रहेको थियो ।

सातौँ अधिवेसन समितिका संयोजक अफसर अलि खानको अध्यक्षता,सचिव विनेश तामाङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष विजय बस्नेतले स्वागत मन्तव्य दिएका थिए।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस