२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

कास्की आदर्श समाज कतारको २२औं स्थापना दिवस तथा आदर्श सन्देश स्मारिका विमोचन

दोहा, कतार स्थित नेपाली समुदायमा सामाजिक गतिविधिहरू गर्दै आएको कास्की आदर्श समाजले आफ्नो २२औं स्थापना दिवस भव्य रुपमा मनाएको छ। यस अवसरमा आदर्श सन्देश स्मारिका अंक २ को विमोचन पनि सम्पन्न भएको छ l
कार्यक्रमको उद्घाटन कतार स्थित नेपाली दूतावासका प्रथम सचिव कृष्ण सुवेदी (कृषु छेत्री) ले गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै सुवेदीले कास्की आदर्श समाजले विमोचित स्मारिका संस्थाको एउटा महत्वपूर्ण दस्तावेज भएको भन्दै प्रशंसा गरे । स्मारिकाले संस्थाका गतिविधिहरू, कतारका अमिरको नेपाल भ्रमण, तथा नेपाली समाजका विभिन्न महत्वपूर्ण विषयहरूलाई समेट्न सफल भएकोमा धन्यवाद पनि व्यक्त गरेका थिए ।

विमोचित पुस्तकका सल्लाहकार एवम् कास्की आदर्श समाजका संरक्षक विमल सुवेदीले पोखराको सुन्दरता व्याख्या गर्दै यस पुस्तकमा पोखराको सौन्दर्यलाई झल्काउन सफल भएको बताउदै अहिले प्राप्त सुझावका आधारमा आगामी अंकमा सुधार गर्दै लैजाने बताएका थिए ।

No description available.
कवि तथा साहित्यकार प्रेम प्रसाद भट्टराईले स्मारिकाको समीक्षामा कास्की आदर्श समाजले प्रकाशनमा ल्याएको स्मारिकाले धेरै महत्वपूर्ण विषय समेटेको तर केही सुधारको आवश्यकता रहेको उल्लेख गरेका थिए । संस्थापक सचिव हंस राज ढकालले स्मारिकामा थप सामग्री समावेश गर्न सकिने बताए भने भने पूर्व अध्यक्ष तथा संरक्षक आस वहादुर गुरुङले संस्थाका गतिविधिहरूलाई दस्तावेजीकरण गरेको प्रशंसा गरेका थिए ।

No description available.
कार्यक्रममा विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूले कास्कीको सुन्दरता तथा संस्थाको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।
स्मारिका प्रकाशनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै समाजका अध्यक्ष अग्निधर देवकोटाले संस्थाले गरेका सामाजिक एवं परोपकारी गतिविधिहरूलाई सबैका सामु ल्याउने उद्देश्यले आदर्श सन्देश-२ प्रकाशन गरिएको बताएका थिए ।

No description available.
कार्यक्रमको सांस्कृतिक पक्षमा तमु गुरुङ समाज र तमु पेले संघका कलाकारहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने फेवा सांस्कृतिक परिवारका तर्फबाट पोखरासँग सम्बन्धित गीतहरूको लाइभ म्युजिक प्रस्तुत गरिएको थियो।

No description available.
कार्यक्रमको अन्त्यमा सभापति अग्निधर देवकोटाले सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
कार्यक्रममा लेख, रचना तथा विज्ञापन दिनेहरूलाई सम्मान गरिएको थियो भने प्रमुख अतिथि तथा समीक्षकलाई दोसल्ला तथा मायाको चिनोले सम्मान गरिएको थियो। कार्यक्रमको सहजिकरण संस्थाका सचिव विष्णु प्रसाद तिमल्सिना र स्वागत मन्तव्य संस्थाका वरीष्ठ उपाध्यक्ष सुरज राना भाटले गरेका थिए ।

No description available.

प्रकाशित मिति : २०८१ साउन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस