२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

तीज कार्यक्रमलाई सम्बोधन  पुर्व संसद मिना पुन कतार आउदै

दोहा । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कतार नेपाली एकता  समाजले प्रगतिशील  तीज कार्यक्रम २०८१ आयोजना गर्ने भएको छ ।

कार्यक्रमलाई सम्बोधनको लागि  नेपालबाट अखिल  नेपाल महिला संघकी  अध्यक्ष तथा पुर्व संसद मिना पुन कतार आउने भएकी छिन ।

समाजले गत वर्ष झै यस वर्ष पनि कतारमा कार्यरत महिलाहरुलाई जमघट गरेर नाचगान संगै  महिला दिदिबहिनीको आपसी सद्भावलाई प्रगाढ  होस्  भन्ने उदेश्यले तीज विशेष कार्यक्रमको आयोजना गरिएको  समाजका  अध्यक्ष राम प्रसाद पराजुलीले बताए ।

कार्यक्रममा प्रगतिशील तीज विशेष  सांगितीक  प्रस्तुती दिनेछन । अगस्ट २३ तारिख शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा आयोजना गर्न लागिएको   समाजका महासचिव मीन राज पुनले जानकारी गराए ।

कार्यक्रममा विशेष गरि कतारमा रहेका महिला दिदीवहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अपिल गरिनुका साथै   निशुल्क प्रवेश रहेको  छ । भने कार्यक्रममा  समाजको रक्तिम बिभागका  कलाकारहरुले प्रगतिशील तीज  सांगितीकले उपस्थिति दर्शक श्रोतालाई छम छम नचाउने छन ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस