२०८१ कार्तिक ४ गते आइतवार | 2024 October 20th Sunday

नवलपरासी सेवा समाजले मनायो स्थापना दिवस।

दोहा l गत शुक्रबार दशैको नवमीको दिन एन खालिद स्थित नमस्ते एशिया रेष्टुरेन्टको हलमा नवलपरासी सेवा समाज कतारले छैटौं स्थापना दिवस तथा विजया दशमी, दीपावली, छठ पर्व २०८१ को शुभ अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ ।

सन २०१८ को अक्टोबर ५ मा स्थापना भएको समाजले संस्थाका अध्यक्ष दुर्गा हमाल ठकुरीको सभापति र लुम्बिनी प्रदेश समन्वय परिषद कतारका संस्थापक संरक्षक कमलमणि गुरागाईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

राष्ट्रियगानबाट शुरु भएको कार्यक्रमको उद्घघाटन प्रमुख अतिथिको हातबाट ब्यानर बाचन र पानसमा दीप प्रज्वलन गरिएको थियो । संस्थाको अध्यक्ष, प्रमुख अतिथी लगायत संस्थाको संस्थापक अग्रजज्युहरुबाट छैटौं स्थापना दिवसको केक काटेर स्थापना दिवस मनाइएको थियो ।
अध्यक्ष दुर्गा हमालले स्थापना काल देखि हाल सम्म संस्थामा योगदान पुर्याउनु भएका संस्थापक संरक्षक केबि हमाल, संरक्षक सदस्यहरु दिपक सेन, प्रेम प्रसाद पौडेल, सजन लौडारी, कमल खरेल, गोपाल थापा, प्रमुख सल्लाहकार कृष्ण पन्थी र प्रमुख अतिथिलाई दोसल्ला ओढाएर एवं मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए । साथमा भिडियो क्रियटर बिकाश शाहीलाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सल्लाहकार तथा व्यवसायी हनिफ मिया रआर्यन गिरीलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।
“आपसी सहयोग, सद्भाव र एकता । सामाजिक सेवामा हाम्रो प्रतिबद्धता ” भन्ने मूल नाराको साथ स्थापना भएको नवलपरासी सेवा समाज कतारले नेपालमा नवलपरासी जिल्लाको विभिन्न तीन वटा सामुदायिक माध्यमिक विद्यालय, एकवटा आधारभुत विद्यालय र एकवटा सामुदायिक अस्पतालमा एक एक लाखको अक्षय कोष स्थापना गरि गरिब, जेहेन्दार विद्यार्थीहरु र गरिब बिमारीहरुको उपचारको लागि राहत र सहयोग तथा थुप्रै मानवीय सहयोगहरु गर्दै आएको छ ।
बहुउद्देश्यीय अक्षय कोष स्थापना गरि सामाजिक सेवाको कार्यमा उपयोग गर्ने उद्देश्यले आयोजित भाग्यशाली चिट्ठा टिकट खोलि बिजेता भाग्यशालीहरुलाई प्रमुख अतिथिको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।
प्रमुख अतिथी कमलमणि गुरागाई, विभिन्न सामाजिक संस्थाको प्रतिनिधिहरुब शुभकामना मन्तब्य
राखेका थिए

कार्यक्रममा नवलपरासीकी बाल कलाकार जिया हमालको दशै आयो भन्ने गितमा प्रस्तुति दिएकी थिइन् भने बाल कलाकार कादम्बिनी लौडारीको मौलिक नृत्यले सबैलाई लोभ्याएको थियो l त्यसैगरी तमु प्ये लु संघ कतारको कलाकारहरुद्वारा प्रस्तुत गरिएको सांगीतिक प्रस्तुतिहरुले कार्यक्रमको रौनकता बढाएको कार्यक्रमको सहजीकरण महासचिव चन्द्र गुरुङले गरेका थिए l

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस