२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

नेपाली जनसम्पर्क समिति कतारले ४९औँ राष्ट्रिय एकता दिवसमा रक्तदान कार्यक्रम आयोजना गर्दै।

दोहा, कतार: नेपाली जनसम्पर्क समिति कतारले आगामी शुक्रबार ४९औँ राष्ट्रिय एकता दिवसको अवसर पारेर एक विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको सहकार्यमा हुने यो नवौँ बृहत् रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म हमद अस्पतालको ब्लड डोनेसन सेन्टरमा आयोजना हुने भएको हो l

“रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने नाराका साथ आयोजना हुने यस कार्यक्रममा कतारमा रहेका विभिन्न नेपाली संघसंस्था, नेपाली कांग्रेसमा आस्थावान् तथा दोहावासी सम्पूर्ण नेपालीहरूलाई रक्तदानमा सक्रिय रूपमा सहभागी हुन समितिका सभापति मोहमद अजिज अलिले आह्वान गरेका छन् ।

कार्यक्रम संयोजक ठाकुर कुमार परियार (३३१२८८२९) लगायत केदार भुसाल (३०१०००८८४), खगेन्द्र खनाल (५०७१७४७७) र छविलाल भट्टराई (५५३५०१४१) सँग सम्पर्क गरी रक्तदानका लागि आफ्नो नाम टिपाउन सकिने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस