२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

प्रवासी भुजेल समाज कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गदै

दोहा-प्रवासी भुजेल समाज कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

समाजले आगामी फेब्रुअरी २१ तारिकका दिन बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

“रक्तदान जीवन दान” भन्ने नारालाई आत्मसात गर्दै
नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा हुने रक्तदान कार्यक्रम हमाद हस्पिटल अन्तर्गतको कतार नेसनल ब्लड डोनेट सेन्टरमा हुने समाजका अध्यक्ष बिकास भुजेलले जानकारी दिएका छन।

बिहान ८ बजे सुरु दिउँसो १ बजे हुने लागेको उक्त कार्यक्रममा कतारमा स्थापित वैचारिक,सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित दोहावासी सम्पूर्ण नेपालीहरूलाई उपस्थिति भई रक्तदान गरि दिन भुजेलले अनुरोध गरेका छन।

“भुजेल जातिको र विकास उन्नतिको आधार, साँस्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नारा लिएर कतारमा सन्- २०१० मा स्थापना भएको भुजेल समाजले निरन्तर रुपमा यस्ता विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू स्थापना कालदेखि नै गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस