२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

तामाङ समाज कतारको आयोजनामा शुभकामना, सम्मान कार्यक्रम सम्पन्न

दोहा – नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा शुभकामना तथा सम्मान कार्यक्रम सल्वा रोड स्थित कराँची रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

गत मिति ०४ फेब्रुअरी २०२२ मा समाज कतारको आयोजनामा (अल दोसरी जु पार्क सहानियाँमा) सम्पन्न भएको “मन्जुश्री सम्बत २८५८ सोनाम ल्होछार ‘ताक ल्हो’ बाघ बर्गको ” अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम- २०२२ लाई भब्य र सभ्य रुपमा सफल पार्नको निमित्त महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने प्रायोजक , कलाकार तथा मिडिया कर्मिलाई आज एक कार्यक्रमको आयोजना गरि खादा तथा सम्मान पत्रका साथ सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष शुवास तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुस्वोत्तम सुनुवारको उपस्थिति रहेको थियो ।संस्थाका संथापक अध्यक्ष तथा संरक्षक शुक बहादुर तामाङ, प्रमुख सल्लाहकार धिरेन तामाङ, विशेष सल्लाहकार तेज मोक्तान तामाङ, कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,लामा गुरु, कलाकार,बुद्धिजिबी पत्रकार लगाएत तामाङ तथा गैर तामाङ नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो।

दीप प्रज्वलन गरि औपचारिक रुपमा संचालन भएको कार्यक्रममा स्वागत मन्तब्य प्रथम उपाध्यक्ष संजय डिम्डुङले राखेका थिए भने संस्थापक अध्यक्ष शुक बहादुर तामाङले संस्था स्थापनाका बारेमा, विशेष सल्लाहकार तेज मोक्तानले `तामाङ पहिचान´ सम्बन्धि बोलेका थिए ।

प्रमुख अतिथि सुनुवारले प्रवासमा भएपनि आफ्नो मौलिक पहिचान जाती, धर्म, संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन प्रबर्द्धनमा समाजले उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । बिगतका दिन देखि संस्थालाई समाजसेवामुखी बनाउदै गरिब बिपन्न दुख पीडामा परेका नेपालीलाई उद्धार गरि धन्यवादको पात्र बन्न सफल भएको समेत बताएका थिए। तामाङ समाज कतार आफ्नो अधिकार र पहिचानमा समेत अडिग रहेको बताउदै कार्यक्रम पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।

म्हेन्दोमाया समाज कतारका अध्यक्ष प्रकाश मम्बा तामाङ, सन्ध्याग्रुप कतारका अध्यक्ष गणेश क्षेत्री, सेर्पा किदुङ दोहा कतारका महासचिव पेम्बा सेर्पा, तामाङ समाज कतारका प्रमुख सल्लाहकार धिरेन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।स्थानिय कलाकारहरु अलिना तामाङ,सृष्टि तामाङ, ,सृष्टि श्रेष्ठ, सुन्दर मोक्तान तामाङ, कुमार ओख्रेलि तामाङ, सानू घिसिङ, सचिना थिङ तामाङ लगायतले मौलिक तामाङ सेलो नृत्य, गायन तथा हांस्यव्यङ्ग्य प्रस्तुति बाट उपस्थित सबैले मनोरञ्जन लिएका थिए ।

कार्यक्रमका सभापति सुबाश तामाङले बोल्दै संस्थाको निमन्त्रणालाई सहर्ष स्वीकार्दै उपस्थित हुने सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने कलाकारहरु, सहयोगी दाताहरु लाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए । संस्थाका महासचिब आशिष् मोक्तान तामाङले कार्यक्रमको सहजीकरण गरेका थिए ।

“तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले स्थापनाकाल देखीनै आफ्नो भाषा, धर्म, संस्कार, संस्कृती, रितिरिवाज,परम्परा जोगाउदै दोहाको नेपाली समाजमा छुट्टै पहिचान बनाउदै अगाडि बढीरहेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस