२०८२ असोज २९ गते बुधवार | 2025 October 15th Wednesday

एनसीसी कतार MIS सिस्टममा नगए रमेश भट्टको नेतृत्व जिल्ला संस्था बराबर— कमलमणि गुरागाई

दोहा ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता कमलमणि गुरागाईले वर्तमान एनआरएनए कतार (एनसीसी) नेतृत्वको वैधानिकता माथि गम्भीर प्रश्न उठाएका छन्।

एनसीसी कतारले आइसिसी अन्तर्गतको एमआईएस प्रणाली (सदस्यता दर्ता प्रणाली) स्वीकार नगरेको खण्डमा यो समूहको संरचना एनआरएनए अन्तर्गत रहने छैन । यस्तो अवस्थामा रमेश भट्टको नेतृत्वमा रहेको एनसिसी कतार  अस्तित्व विद्यमान अन्य जिल्ला स्तरका सामाजिक संस्थाहरूसरह भएको बताए ।

उनले हालको कार्यसमितिमाथि आरोप लगाउँदै भने, “नियम र विधान विपरीत गतिविधि भएकाले आइसिसीले रमेश भट्ट नेतृत्वको समितिलाई दिएको सम्बन्धन फिर्ता लिईसकेको छ। साथै, केशव कार्कीको संयोजकत्वमा नयाँ अधिवेशन समिति बनाउन निर्देशन दिइएको हो।”

एनआरएन अभियन्ताका अनुसार  एनसीसी  कतार एउटा अन्तर्राष्ट्रिय संरचना भएकाले “चेन अफ कमाण्ड” मा आधारित भएर मात्र अघि बढ्न सक्नेछ। आइसिसीको स्वीकृति र समन्वय बिना कतारको लोकल पोर्टलबाट सदस्यता वितरण गरी कार्यक्रमहरू सञ्चालन गरे पनि ती सबै अनाधिकृत ठहरिने जिकिर गरे।

साथै   अर्को समूहले एनआरएनएको नाम त बोकेको छ, तर आइसिसीको निर्देशनविना गतिविधि गर्ने हो भने समूहगत संस्था मात्रै हो। कतारमा रहेका अन्य सामाजिक सङ्घसंस्थाभन्दा यो माथि हुँदैन।”

 

प्रकाशित मिति : २०८२ साउन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस