२०८२ मङ्सिर २४ गते मङ्गलवार | 2025 December 9th Tuesday

एनसीसी कतार :तनहुँ निवासी पदम गिरिको अध्यक्षमा यस्तो बन्यो नयाँ कार्यसमिति

दोहा : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको “११ औं राष्ट्रिय अधिवेशन” बाट तनहुँ निवासी पदम गिरिको अध्यक्षमा सबै कार्यसमिती सर्वसम्मत निर्वाचित भएका छ्न ।

त्यसैगरि प्रथम उपाध्यक्षमा रोशन अर्याल,दृतिय उपाध्यक्षमा शुबास थापा,तृतीय उपाध्यक्षमा लिला राई, महिला उपाध्यक्ष राम कुमारी तामाङ,यूवा उपाध्यक्षमा टंक बहादुर वि.क.महासचिव शिव भुजेल,सचिवहरुमा क्रमश खेमराज सुबेदी,ईसिलाल पण्डित र शंकरमान राई कोषाध्यक्षमा प्रेम कमार बस्नेत,सह-कोषाध्यक्षमा मो आजाद मन्सुर,महिला संयोजक अप्सना मिया,युवा संयोजक छम बहादुर चन्द रहेका छ्न ।

कार्यसमिति सदस्य हरुमा बलराम कौशल,शेख फैयाज,कृष्ण ढकाल,भानुभक्त शर्मामनिराज स्याङ्तान,मानसिंह बिक,किरण परियार,दिपेन्द्र गैरे, गुणराज कटुवाल,सुशील गौतम,ईशान रेग्मी,रबिन खत्रि,प्रेम प्रकाश शाही, रबिन अधिकारी,श्याराम यादवअर्जुन कुमार यादव,प्रतिमा शिवा,रमेश महर्जन युवाराज पोखरेल लेखा समिति संयोजकमा पदम बहादुर रानाभाट, सदस्य द्वयमा साजिद एकवल,हेमराज रिजाल रहेका छ्न ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद (आईसीसी) सदस्यका लागि झविन्द्र बेलबासे,ईश्वरराज पौडेल,शिव कुमार महतो र मिनराज वाग्ले रहेका छ्न ।

हिजो बिहिवार, दोहा नज्मामा अवस्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको कार्यक्रममा निर्वाचन आयुक्त कमल मणि गुरागाइले नवनिर्वाचित कार्यसमितिको नाम सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका थिए । उपस्थिति सबैलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रम आज १ अगस्ट २०२५ शुक्रबार,दोहा नाज्मा स्थित क्राउन प्लाजा होटलको सभाहलमा राखिएको छ ।

बधाई तथा शुभकामना कार्यक्रमलाई आईसीसी अध्यक्ष डा.बद्री केसीले सम्बोधन गर्नेछ्न । अध्यक्ष केसी गत राती नै कतार आइपुगेका छ्न ।

 

 

प्रकाशित मिति : २०८२ साउन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस