२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

कतारमा पर्वत जलजला समाजको दोस्रो वार्षिकोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम हुने 

दोहा, २२ सेप्टेम्बर।

पर्वत जलजला समाज कतारले आफ्नो दोस्रो वार्षिकोत्सव तथा विजया दशमी–दीपावली शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी २६ सेप्टेम्बर २०२५, शुक्रबारका दिन सनैया स्थित फलवारी रेस्टुरेन्टमा हुने   कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक  प्रस्तुति रहने  कार्यक्रम संयोजक  सूर्यबहादुर खत्रीले बताए ।

 

पर्वत जलजला समाज कतारले २०२३ मा आफ्नो यात्रा सुरु गरेको हो। स्थापना पश्चात समाजले विभिन्न सामाजिक संस्थाहरुसंग हातेमालो गर्दै सहयोगमूलक कार्यक्रम समेत गर्दै आएको छ। छोटो अवधिमा नै यस समाजले कतारमा रहेका पर्वते समुदायलाई मात्र नभई सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने प्रयास गर्दै आएको छ।

 

 

वार्षिकोत्सवलाई विशेष बनाउन लोक तथा दोहोरी गायक आर.सि. पौडेल (पर्वते राजा), भोईस अफ नेपालको फाईनलिस्ट  गायिका जुनु प्रसाई (मुन) कोरियोग्राफर  सृष्टि श्रेष्ठ  नृत्याङ्गना रोजिना गुरुङ,   नृत्याङ्गना दीपा खाती, गायिका तारा बि.सि. र रेश्मी सेन्चुरी हास्यकलाकार सोम परियार (बिरुले बाजे)  साथै  कलाकारहरूको लाईभ दोहोरी समेत प्रस्तुति रहनेछ।

 

 कार्यक्रमले समुदायबीच आपसी एकता, भाइचाराको सम्बन्ध र चाडपर्वको उल्लासलाई थप मजबुत बनाउने बताउदै कतारका सम्पुर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक अभियान्ता कलाकार,पत्रकार लगाएत सम्पुर्ण शुभचिन्तक, शुभेच्छुकहरुलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन समाजले हार्दिक आव्हान गरेको छ।

 

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस