२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

बागलुङ सेवा समाज दोहा, कतारको १४ औँ अधिवेशन सम्पन्न, नेतृत्वमा रसाइली सर्वसम्मत

दोहा कतार

बागलुङमा जन्मेर कतारमा रही विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको सक्रियतामा स्थापित बागलुङ सेवा समाज दोहा, कतारको १४ औँ अधिवेशन उद्घाटन र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ ।शुक्रवार दोहाको अब्दुल अजिजमा अवस्थित घरवा रेस्टुरेन्टको सभा हलमा तमानखोला गाउँपालिका २ निवासी टेक रसाइलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्ष झपेन्द्र सापकोटा (बागलुङ नगरपालिका–४), द्वितीय उपाध्यक्ष चेतन पुन (बढिगाड गाउँपालिका–१) रहेका छन् । त्यस्तै उपाध्यक्षहरूमा क्रमशः छम परिवार (काठेखोला गाउँपालिका–५), मदन जी.सी. (बढिगाड गाउँपालिका–७), हिरा बी.के. (निसीखोला गाउँपालिका १), कृष्ण गिरी (जैमिनी नगरपालिका ५) रहेका छन् । कार्यसमितिको सचिवमा सुवास पौडेल (बागलुङ नगरपालिका १४), सह–सचिवहरू क्रमशः बाबु कौशल (बागलुङ ना गा ६ र कृष्ण सापकोटा (बागलुङ न.पा ६), कोषाध्यक्ष दीपक चालिसे (जैमिनी नगरपालिका ७), सह–कोषाध्यक्षद्धय विनोद आचार्य (जैमिनी ना गा ५), तारा बी.सी. (बरेङ गाउँपालिका ३), सांस्कृतिक संयोजक राजन परियार (गलकोट नगरपालिका ५) रहेका छन् ।

कार्यसमिति सदस्यहरूमा तोपलाल जैसी (बढिगाड गाउँपालिका ७), सुनिल गौतम (बढिगाड गाउँपालिका ७), श्रीप्रसाद बी.के. (तमानखोला गाउँपालिका२), डम्मर बहादुर बी.के. (ढोरपाटन नगरपालिका ३), देवबहादुर रसाइली (तमानखोला गाउँपालिका २), सकबहादुर बी.के. (ढोरपाटन नगरपालिका ३), विशाल बी.के. (ताराखोला गाउँपालिका १), ॐ प्रकाश बी.के. (काठेखोला गाउँपालिका५), झोकेन्द्र विश्वकर्मा (बागलुङ न.पा.१२), बिसन बि सी ( बागलुङ न.पा. ११), पदम बिटालु (गलकोट न.पा. ८) बागमती आदै मगर (ढोरपाटन नगरपालिका६), गोकुल बी.क. (तमानखोला गाउँपालिका२), तेजेन्द्र रसाइली (तमानखोला गाउँपालिका२), धन बहादुर रसाइली (तमानखोला गा.पा. २ ), रितु कुँवर (ढोरपाटन नगरपालिका ३), छम बहादुर बि क (निसिखोला गाउँपालिका १) र प्रकाश घिमिरे (बढिगाड गाउँपालिका ५) रहेका छन् ।

नव निर्वाचित कार्यसमितिलाई बागलुङ सेवा समाज दोहा कतार अक्षयकोषका अध्यक्ष तथा निर्वाचन समितिका सदस्य सन्तोष पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । पौडेलले नवनिर्वाचित कार्यसमितिमा बागलुङका सबै गाउँ र नगरपालिका निवासी समेटिएको बताए । शपथ ग्रहण लगत्तै आफ्ना भनाई राख्दै नवनिर्वाचित अध्यक्ष रसाइलीले कतार देखी नेपाल सम्म संस्थागत सहकार्य गर्दै संस्थाको हितमा काम गर्ने प्रतिबद्दता व्यक्त गरे ।

अधिवेशनको उद्घाटन सत्र समाजका अध्यक्ष नीराजन गौतमको सभाध्यक्षता तथा समाजका संरक्षक तथा युवा व्यवसायी रमेश भट्टको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । अधिवेशन मार्फत बागलुङे नौमती पञ्चेबाजाको पहिलो पटक पूजा गर्दै समुद्घाटन गरिएको छ । बागलुङको पश्चिम भेगको पुर्कोटे र हटियामा प्रचलित नौमती बाजा यसको महत्त्व र आवश्यकताका बारेमा समाजका उपाध्यक्ष छम परियारले स्पष्ट पारेँ । उनले बाजालाई कतार सम्म ल्याउन समाजका अग्रज व्यक्तित्वहरूको अमूल्य योगदान रहेको बताए ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टले समाजले नयाँ र फरक शैलीमा उत्कृष्ट कार्यसम्पादन गरेको बताउँदै प्रंशशा गरे । उनले नयाँ कार्यसमितिले थप रचनात्मक कार्य गर्ने विश्वास व्यक्त गरे । खुल्ला सत्रमा समाजका कोषाध्यक्ष कृष्ण गिरिले आयव्यय र सचिव मदन जिसीले समाजले दुई वर्ष सम्म गरेका विविध गतिविधि समेटिएको संस्थागत कार्य प्रगति विवरण पेस गरेका थिए । अधिवेशनको उद्घाटन सत्र ब्यानर अनावरण, दीप प्रज्वलन, स्वागत गीत र समाजका उपाध्यक्ष टेक रसाइलीको स्वागत मन्तव्य सँगै अगाडी बढेको थियो ।

अधिवेशनमा कलाकारहरू यामुना पटेल, रेश्मी सेन्चुरी, तारा बिसी, सम्झना तामाङ, सुस्मिता मगर, देव विक, झपेन्द्र बिसी, बाबुराम रम्तेल लगायतका कलाकारहरूले सागीतीक प्रस्तुति दिएका थिए । अधिवेशन मार्फत कलाकारहरूलाई पारिश्रमिक सहित सम्मान गरिएको थियो भने पत्रकारलाई समेत सम्मान गरिएको थियो । कतारमा स्थापित विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बौद्धिक व्यक्तित्वहरू सहित बागलुङेहरूको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले आफ्ना शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले बागलुङ जिल्ला पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला रहेको बताउँदै कतारमा बागलुङ भन्ने बित्तिकै भलिबलको गढको जिल्ला भनेर चिनिएको स्मरण गरे ।

समाजका संस्थापक तथा वर्तमान कार्यसमितिका संरक्षक होमनाथ शर्माले आफ्नो धारणा राख्दै आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ आफूलाई उम्मेदवार बनाउने निर्णय गर्ने नेपाली कम्युनिस्ट पार्टी सहित कतारको नेपाली समाज र बागलुङ समाज प्रति आभार व्यक्त गरे । समाजका सह-सचिव सुवास पौडेलले सहजीकरण गरेको अधिवेशनको खुल्ला सत्रको समापन गर्दै सभाध्यक्ष गौतमले कार्यकाल भरी साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले संस्थापक देखि निवर्तमान कार्यकाल सम्म उत्कृष्ट कार्यसम्पादन भएको इतिहास बोकेको समाजमा आफूले पनि केही ऐतिहासिक कार्य मार्फत इट्टा थप्न कोसिस गरेको बताउँदै आफू निवर्तमान बने पनि समाजसँग सँगै रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २०८२ पुष २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस