पाल्पाली सेवासमाज दोहा-कतारको नवौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले विकास गैरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । गैरे पाल्पा जिल्ला, पूर्वखोला गाउँपालिका–५, बिरकोटका निवासी हुन् । गैरे कतारमा रहेका श्रमिकहरुको हितको निम्ति बुलन्द आवाज उठाउने ब्याक्ती पनि हुन । उनले विभिन्न किसिम बाट दुख पाएका श्रमिकहरुलाई NRNA QATAR तथा नेपाली दूतावास सङ्ग सहकार्यगरेर उद्दार गरेका छन । कति लाई खाना खुवाएर त कतिलाई टिकटको समेत बेबस्था गरेर नेपाल सम्म पठाएका थिए ।
वरिष्ठ उपाध्यक्षमा गणेश बस्याल, प्रथम उपाध्यक्षमा प्रवीण तिमिल्सिना, द्वितीय उपाध्यक्षमा नारायण बस्याल, महिला उपाध्यक्षमा धना कुमारी श्रेष्ठ तथा तृतीय उपाध्यक्षमा विष्णु नेपाली चयन भएका छन् ।
महासचिवमा हिरालाल बस्याल निर्वाचित भएका छन् । उपमहासचिवमा ईश्वर काफ्ले र कमल भुसाल चयन भएका छन् । सचिवमा विवेक गैरे, कोषाध्यक्षमा ऋषिराम श्रेष्ठ तथा सह–कोषाध्यक्षमा नारायण सोमै मगर रहेका छन् ।
सदस्यहरूमा देवका बस्याल, सुरेश वि.सी., राजकुमार पाण्डे, बोमबहादुर डेंगा मगर, सरस्वती मल्ल, सरस्वती थापा, सुकमाया थापा, अमृता बुढाथोकी, धनबहादुर, नारायण घिमिरे, चण्डी बस्याल, काशीनारायण श्रेष्ठ र कमल श्रेष्ठ चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक लिलम चिदी मगरले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
समाजका अध्यक्ष विश्वोनाथ भट्टाईको सभापतित्वमा मा सन्चालन भएको कार्यक्रम गैर आवासीय नेपाली संघ समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा पाल्पाली पहिचान झल्काउने ढाका टोपी लगाएर अतिथिहरूलाई स्वागत गरिएको थियो । महिला उपाध्यक्ष धना कुमारी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
महासचिव माधव भण्डारीले दुई वर्षे कार्यकालमा सम्पन्न गतिविधिहरू समेटिएको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पाल्पाको सांस्कृतिक पहिचान झल्काउने परम्परागत परिकार चुकौनी र बटुक समावेश गरिएको थियो । सहभागीहरूले ती परिकारको स्वाद, मौलिकता र आतिथ्य भावनाको प्रशंसा गरेका थिए ।
तमु गुरुङ समाज कतारले माइती भेट पनि गरेको थियो भेटमा कार्यक्रमका सभापति तथा प्रमुख व्यक्तित्वहरूलाई फेटा लगाएर सम्मान गरेको थियो ।
कर्मकै सिलसिला मा कतारमा रहेका स्थानीय कलाकारहरूले पनि बेजोड सांगीतिक प्रस्तुति प्रगरेका थिए ।
कार्यक्रममा बोल्दै वक्ताहरूले पाल्पा जिल्ला ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले समृद्ध रहेको उल्लेख गरेका थिए ।
अधिवेशनको अवसरमा विभिन्न सामाजिक व्यक्तित्व, लुम्बिनी प्रदेशअन्तर्गतका जिल्ला संस्था, कलाकार तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो ।
वक्ताहरूले कतारमा स्थापित नेपाली संस्थाहरू औपचारिक कार्यक्रममै सीमित नरही श्रमिकहरूको हित, सहयोग तथा सचेतनामूलक कार्यक्रमहरूमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए सथै बक्ताहरुलाई टपिक्स दिई मन्तव्य राख्न भनी पत्र पठाएकोमा नया कार्यको सुरुवात गरेको भन्दै प्रसंशा समेत गरेका थिए । उनिहरुले समुदायबीच सहकार्य र एकताको आवश्यकता रहेको धारणा पनि राखिएको थियो ।
प्रमुख अतिथी पन्थिले पाल्पा एउट मिनि दार्जीलिङ रहेको बताउदै तेस ठाउमा आफ्नो बिशेष साईनो रहेको पनि बताएका थिए । पाल्पाको प्रसंशा गरेर नथाकेका उनले आफू पनि श्रमिक रहि श्रमिक हितको निम्ति दिनरात नभनी खटिएको र नवनिर्वाचित कार्यसमितिले कतारमा कार्यरत नेपाली श्रमिकहरूको हक–हित र कल्याणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा अन्तमा समाजका अध्यक्ष समेतरहेका कार्यक्रमका सभापति भट्टराईले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद दिदै आगामिदिनहरुमा पनि सहकर्य गरेर अगाडि बढ्न कतारमा स्थापित सम्पुर्ण संघसस्थाहरुलाई अनुरोध गर्दै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रमको सहजीकरण महासचिव माधव भण्डारीले गरेका थिए ।