दोहा – प्रवासी भुजेल समाज कतारद्वारा “बृहत् रक्तदान” कार्यक्रम सम्पन्न गरेको छ ।

प्रवासी भुजेल समाजको आयोजनामा, नेपाली रक्तदाता संघको समन्वयमा आयोजित “रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन।

उत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई “रक्तदान जिवनदान” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै आयोजनामा भएको वृहत रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रतीनिधि, सामाजिक अभियन्ता,पत्रकार सहित १३० जनाको सहभागीता रहेकोे थियो ।

हमाद हस्पिटल अन्तर्गतको कतार नेसनल ब्लड डोनेट सेन्टरमा भएको रक्तदान कार्यक्रममा सबै रक्तदाताहरूलाई आयोजक संस्थाको तर्फबाट प्रसंशा पत्र प्रदान गरिएको छ ।

विभिन्न सङ्घ संस्थाबाट उल्लेख्य उपस्थित जनाउने सम्पूर्ण पदाधिकारी तथा रक्तदाताहरूलाई प्रवासी भुजेल समाज कतारका अध्यक्ष सन्तोष भुजेलले धन्यवाद तथा आभार प्रकट गरेका छन् ।
कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको थियो ।