२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

भुजेल समाज कतारले उभाैली पर्व मनाउदै

दोहा ।

प्रवासी भुजेल समाज कतारले आफ्नो मौलिक चाड उभाैली ( प्हुगाल पारिम ) मनाउने भएको छ ।

आउँदो शुक्रबार २७ मे २०२२ का दिन स्थान (white house ) रेस्टुरेन्ट ग्रान्ड प्लाजा सनैयामा ” सुर्य ,वायु,जल,जङ्गल ,जमिन गरि ५ वटै चिजहरुको पुजा आराधना तथा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरि ( प्हुगाल पारिम) २०७९ मनाउन लागिएको संस्थाका अध्यक्ष युबराज भुजेलले बताए ।

कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार , कलाकार एवं भुजेल तथा गैर भुजेल दाजुभाइ तथा दिदीबहिनीहरुलाई उभौली पर्व ( प्हुगाल पारिम ) मा उपस्थितिको निम्ति निमन्त्रणा गरिएको भुजेल समाज कतारले बताएको छ ।

” भुजेल जातीको विकाश र उन्नतिको आधार साँस्कृतिक चेतना शिक्षा र रोजगार “ भन्ने मुल नाराका सन : २०१० मा स्थापना गरिएको समाज कतार आफ्नो भाषा, धर्म, संस्कृती लाई प्रवास कतारमा रहेर पनि जोगाउदै , संरक्षण तथा प्रबर्द्धन गरि रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस