२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

एनआरएनए कुवँर समुह समाजले बहिस्कार गरेका बिरामी भाईरस हुन : एनसिसि अध्यक्ष मुक्तदा

दोहा: गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको दसौं महाधिवेशन पछि विभाजित भई विनोद कुँवर अध्यक्ष रहेको समुहलाई कतारका एनसिसि अध्यक्ष मो. मुक्तदा मुसलमानले समाजले बहिस्कार गरेका बिरामी भाईरस भनेका छन ।

जिल्लागत सामाजिक संस्थाको एक कार्यक्रममा प्रमुख अतिथि रहेका मो. मुक्तदा मुसलमानले आफ्नो मन्तव्यमा समुहलाई भाइरसको संज्ञा दिएका थिए । कार्यक्रममा अन्य वक्ताहरुले एनआरएनए को नयाँ तदर्थ समिति बनाउने समाचार आए पछि मिलेर बसेको नेपाली  समाजलाई भाड्न खोजेको आरोप समेत लगाएका थिए ।
कार्यक्रममा यसै बिषयलाई प्रमुख बिषय बनाउदै संघसंस्था प्रमुख तथा प्रतिनिधिहरुले समाजका अग्रजहरुलाई यस समस्याको समाधानका लागी आवस्यक पहल गर्न अनुरोध समेत गरेका थिए ।

कुवँर समुहले दसौं महाधिवेशनमा आईसिसिको गतिविधि र व्यावहारका कारण असन्तुष्ट जनाउदै कतारमा एनआरएनए तदर्थ समिति बनाउने घोषणा गरे पनि अन्तिम समयमा प्रविधिक कारण देखाउदै स्थगित गरेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस