२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

लुम्विनी प्रदेश कतारको दोस्रो अधिवेशन : तयारी पूरा

कतार / लुम्बिनी प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिबेशनको तयारी पूरा भएको छ ।

आगामी १ अप्रिल शुक्रबार २०२२ का दिन (अल दोसरी जु सहानियामा ) हुने कार्यक्रमको तयारी पूरा भएको लुुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक ठाकुर कुमार परियारले मुग्लानि खबरलाई बताए ।

“हामी प्रदेसीको चाहाना, समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल नाराका साथ् सन : २०१८ मा स्थापना भएको यो संस्था कतारमा रहेका लुम्बिनी प्रदेश बासीहरुको साझा संस्थाको रुपमा रहेको छ । यस प्रदेश अन्तरर्गत रहेका जिल्ला संस्था पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ्ग, रोल्पा, कपिलबस्तु, रुपन्देही, नवलपरासी गरि हाल ९ जिल्ला बाट १७८ नयाँ परिषद सदस्यहरु परिषदमा आवद्ध छन।

बुद्ध पाण्डेको नेतृत्व रहेको संस्थाले विभिन्न समयमा देशमा आउने दैवि प्रकोपमा आर्थिक सहयोग गर्दै आएको छ भने विस्वव्यापी रुपमा फैलिएको कोरोनाको कहरमा मात्रृभुमि नेपालमा अक्सिजन सिलिन्डरको अभावमा कोहि नेपालीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले सिलिन्डर अभियानमा सहयोग गरेको थियो ।

गत फेब्रुअरीमा बसेको संस्थाको बैठकले छिट्टै संचालन हुने क्रममा रहेको देशको दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल भैरहवामा लुम्बिनी प्रदेश समन्वय परिषद कतारको लोगो अंकित “ट्रली” यात्रुहरुले प्रयोगका लागि दिने निणर्य गरेको छ ।

उक्त दिन कार्यक्रमलाई सभ्य एवं भव्य रुपमा सु-सम्पन्न गर्नका लागि कतारमा रहेर व्यवसाय संचालान गर्दै आउनुभएका व्यवसायीहरु, बुद्धिजिवी, समाजसेवी, पत्रकार, कलाकार एवं समस्त लुम्विनी प्रदेश बासी दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितका लागि संस्थाका महासचिव डिल्लीराम भट्टराईले अनुरोध गरेका छन ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस