२०८२ मङ्सिर २९ गते आइतवार | 2025 December 14th Sunday

कतारमा पर्वत जलजला समाजद्वारा बृहत बनभोज तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

दोहा, कतार ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्वत जलजला समाज कतारले आयोजना गरेको बृहत बनभोज तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सहानिया स्थित अल ढोसरी जु पार्कमा शुक्रबार सम्पन्न भएको हो।

समाजका अध्यक्ष देवराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाग्लुङ सेवा समाज कतारका अध्यक्ष निराजन गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिए।कार्यक्रममा करिब ३२५ जना सहभागीको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बाग्लुङ सेवा समाज कतारका अध्यक्ष निराजन गौतमले पर्वत जलजला समाज कतारले छोटो समयमा देखाएको सक्रियता र एकताप्रति प्रशंसा व्यक्त गरे।

उनले “विदेशी भूमिमा रहेर पनि आफ्नो जन्मथलो र पहिचानलाई संस्थागत रूपमा जोगाउँदै समुदायलाई एकताबद्ध गर्ने पर्वत जलजला समाजको प्रयास प्रशंसनीय छ। यस्ता बनभोज तथा सांस्कृतिक कार्यक्रमले नेपालीबीच आत्मीयता बढाउनुका साथै भावनात्मक सम्बन्धलाई मजबुत बनाउने काम गर्छ।” गौतमले आगामी दिनमा पनि समाजले सामाजिक, सांस्कृतिक तथा सहयोगमूलक गतिविधिलाई निरन्तरता दिइ नेपाली समुदायको साझा आवाज बन्न सकोस् भनी शुभकामना व्यक्त गरे।

 

कार्यक्रम संयोजक सूर्यबहादुर खत्रीका अनुसार बनभोजलाई विशेष र मनोरञ्जनात्मक बनाउन विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। कार्यक्रममा नृत्याङ्गना सपना महर्जन, रोजिना गुरुङ, गायक बाबुराम रम्तेल, पुन्री प्रसाद अधिकारी, गायिका तारा बी.सी., सुमित्रा भट्टराई, रेश्मी सेन्चुरी, र्यापर सुमन शाही, सोम परियारसहित चुड्का नृत्य समूहले उत्कृष्ट प्रस्तुति दिएका थिए। कलाकारहरूको दोहोरी गीतको प्रस्तुतिले उपस्थित दर्शकलाई झनै उत्साहित बनाएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष देवराज कार्कीले यस्तो बनभोज तथा सांस्कृतिक कार्यक्रमले समुदायबीच आपसी एकता, भाइचारा र सामाजिक सद्भाव अझ मजबुत बनाउने बताए। उनले कतारमा रहेका सम्पूर्ण संघ–संस्था, सामाजिक अभियन्ता, कलाकार, पत्रकार तथा शुभेच्छुकहरूप्रति कार्यक्रममा उपस्थित भई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।

 

सन् २०२३ मा स्थापना भएको पर्वत जलजला समाज कतारले छोटो अवधिमै सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। समाजले पर्वते समुदाय मात्र नभई कतारमा रहेका सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने उद्देश्यका साथ विभिन्न सहयोगमूलक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

 

कार्यक्रम सफल बनाउन संस्थाका संरक्षक, सल्लाहकार, प्रतिनिधि तथा पर्वत जलजला  समाज कतारका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता रहेको

समाजले जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस