२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतारमा बुद्ध जयन्ती मनाइने

दोहा-गैर आबसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको संयोजनमा बुद्ध जयन्ती मनाइने भएको छ ।

आगामी शुक्रबार एनआरएनए एनसिसि कतार र कतारमा स्थापित संघ संस्थाको संयुक्त आयोजनामा नेपाली दूतावासमा पुजा सहित २५६६ औं बुद्ध जयन्ती मनाइने भएको हो ।

कार्यक्रममा जनजाती महासंघमा आबद्ध मातृ एवं धार्मिक सस्था साथै नेपाल तामाङ घेदुङ प्रबास शाखा समेतको पुजा ब्याबस्थापन रहने एसिसी कतारका प्रथम उपाध्यक्ष एवं संघ संस्था प्रमुख जैवी चाम्लिङ राइले बताए ।

विगतका बर्षमा पनि बुद्ध जयन्ती एनआरएनएको संयोजनमा मनाउदै आएकोमा यस बर्ष पनि सबै संघ- संस्थाले संयुक्त रूपमा आयोजना गर्न लागिएको राईले बताए ।

कतारमा स्थापित धार्मिक,बैचारिक,प्रदेश र जिल्ला लगायत सम्पुर्ण संस्थाहरुलाई आयोजक बन्नको लागी सूचना प्रकाशन गरिएको एनसिसि कतारका प्रवक्ता सन्तोष क्षत्रीले बताए ।

हालसम्म सहभागीता जनाउने पक्का भएका संघ संस्थाहरु निम्नअनुसार रहेका छन ।
(१) नेपाल मगर संघ शाखा कतार( पुजा ब्याबस्थापन)
(२) तमु (गुरुङ) समाज कतार(पुजा ब्याबस्थापन)
(३) नेपाल प्रवासी तामाङ समाज कतार(पुजा तथा धर्मगुरु लामा ब्याबस्थापन)
(४) थारु कल्याणकारिणी सभा कतार च्याप्टर( पुजा ब्याबस्थापन)
(५) शेर्पा किदुग दोहा कतार (पुजा ब्याबस्थापन)
(६) नेपाल आदिवासी जनजाति महासंघ कतार
(७) किरात याक्थुङ चुम्लुङ कतार
(८) किरात राई यायोक्खा शाखा कतार
(९) सुनुवार सेवा समाज शाखा कतार
(१०) प्रवासी भुजेल समाज कतार
(११)नेपाल तामाङ घेदुङ्ग प्रबास साखा कतार( पुजा ब्याबस्थापन)
(१२) ठकुरी सहयोग संजाल कतार
(१३) म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतार
(१४) नुवाकोट सेवा समाज कतार
(१५) पर्वत समाज कतार
(१६) ईलाम सेवा समाज कतार
(१७) दलित एकता संजाल राष्ट्रिय समन्वय समिती कतार
(१८) पाल्पाली सेवा समाज दोहा कतार
(१९) समाज सेवा अभियान रुपन्देही कतार
(२०) कास्की आदर्श समाज कतार
(२१) ली.ल.फङ घले समाज कतार
(२२) अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार
(२३) ओखलढुंगा सेवा समाज कतार
(२४) मोरङ्ग सुनसरी सेवा समाज कतार
(२५) दाङ्ग देउखुरी सेवा समाज कतार
(२६) धनकुटा सेवा समाज कतार
(२७) संखुवासभा समाज कतार
(२८) संघीय लिम्बुवान सामाजिक मञ्च कतार
(२९) परियार मित्रता समाज कतार
(३०) तनहुँ सेवा समाज दोहा कतार
(३१) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर
(३२) झापाली समाज कतार
(३३) रामेछाप सेवा समाज कतार
(३४) लमजुङ सेवा समाज कतार
(३५) भोजपुर सेवा समाज कतार
(३६) स्याङ्जा सहयोग समाज कतार

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस