
अमेरीका – अमेरिकी महिला फुटबल टोलीलाई पुरुष टोली सरह तलव दिने सहमत भएको छ ।
अमेरिकी फुटबल संघ , अमेरिकी महिला राष्ट्रिय टोली खेलाडी संघ र अमेरिकी राष्ट्रिय फुटबल टोली खेलाडी संघले “समान पारिश्रमिक प्राप्त गर्ने र अगाडि बढने सम्झौतामा सहमति जनाएका छन ।
सम्झौता अन्तर्गत, “विश्व फुटबल प्रतियोगितामा भाग लिने टोलीहरूलाई प्रदान गरिने फिफा विश्वकप पुरस्कार राशि बराबर गर्ने विश्वको पहिलो महासंघ” हुनेछ ।
अमेरिकी फुटबल टोलीका अध्यक्ष सिन्डी पार्लो कोनले यो वास्तवमै ऐतिहासिक क्षण भएको आज एक विज्ञप्ति मार्फत बताएका छन्।
प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार