२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

 नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने (यस्तो छ तालिका)

नेपालले मे २८ मा टिमोर लिस्टे र जुन ३ मा ओमानसँग खेल्ने

एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

एएफसी एसियन कप छनोट अघि नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । कतार फुटबल एसोसियनले बुधबार दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक गरेको छ ।

नेपालले मे २८ मा टिमोर लिस्टे र जुन ३ मा ओमानसँग खेल्ने जनाएको छ । नेपाली राष्ट्रिय फुटबल टोली आज कतार आउदै छ ।
यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ ।

एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ ।

नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस