२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

नेपाली जनसम्पर्क समिति कतारले मनायो १५ औँ स्थापना दिवस

दोहा, कतार, १ जून । सन २००७ मे ३१ तारिकका दिन स्थापना भएको नेपाली जनसम्पर्क समिति कतारले स्थापना दिवस मनाएको छ । मङ्गलवार सॉझ एक कार्यक्रमकाबीच समितिले आफ्नो १५ औँ स्थापना दिवस पहिलो पटक मनाएको हो ।

समितिका सभापति मोहमद अजिज अलीको सभापतित्व तथा संस्थापक सभापति नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा दिवस सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रियता लोकतन्त्र र समाजवादमा आस्थावान समितिका संस्थापकहरू लगायत समितिसँग सहकार्य गर्ने विभिन्न वैचारिक संगठन प्रमुखहरूको विशिष्ट आतिथ्यता रहेको थियो । बिधिवतरूपमा उद्घाटन गरिएको कार्यक्रममा बि. पी. कोइरालाको फोटोमा माल्यार्पण गर्दै सभा अगाडी बढाइएको थियो ।

समितिका संस्थापक पदाधिकारीहरू लगायत कार्यक्रममा आमन्त्रित अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भाटले समिति स्थापना गर्नुभन्दा जटिल संस्थालाई निरन्तरता दिनु रहेको बतॉउदै उनले ईमान्दारीताले मात्रै संस्था चल्ने बताए ।

स्थापना दिवसमार्फत संस्थापक सभापति नरेन्द्र भाट, उप-सभापति माधव भुसाल, महामन्त्री विमल सुवेदी, सहमहामन्त्री स्व. युवराज पाठक, कोषाध्यक्ष भूपति भट्टराईलगायत संस्थापकहरू राजेश दर्शन अर्याल, कमल प्रसाद न्यौपाने, कमल भुजेल, घनश्याम चालिसे, महेश प्रसाद पोखरेल, मेघराज भुसाल, पशुपति आचार्य, नारायण बहादुर खड्का, क्रान्ति सिंह, सन्दीप भट्ट, केदारनाथ भुसाल, कुवीर सिंह राई, भोजराज मिश्र, डी.पी. बस्याल, किशोर पौडेल, अर्जुन खड्का, महेश जोशी, शान्त मणि नहर्की, शिव प्रसाद लामिछाने, विनोद अर्याल र पूर्व सभापतिहरू केशव भुसाल तथा शंकर न्यौपाने सम्मान पत्रद्वारा सम्मानित भएका छन् ।

स्थापना दिवस कार्यक्रमको समापन गर्दै सभापति अलीले कतारमा वैचारिक संस्थालाई नकारात्मक रूपमा लिने गरिएको प्रति दु:ख प्रकट गर्दै यसलाई कतारमा रहेका सबै राजनीतिक सङ्गठनले चिर्नु पर्ने बताए । उनले कतारमा आफूहरू जुन सङ्गठनमा भए पनी सामाजिक कार्यहरूमा सबैसंग सहकार्य गर्ने गरेको बताउँदै उनले राजनीति पनि समाज सेवा भएको हुँदा सबैले सकारात्मक रूपमा लिनु पर्ने बताए ।

उनले समिति भित्र रहेका पदाधिकारीहरूले पार्टी तथा समितिको उद्देश्य तथा आधिकारिकता बिरुद्ध कतारका कुनैपनि गतिविधिमा संलग्न नहुन आग्रह गरेका थिए । उपसभापति ठाकुर कुमार परियारको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महामन्त्री केदार भुसालले गरेका थिए

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस