२०८२ माघ १ गते बुधवार | 2026 January 14th Wednesday

संखुवासभा समाज कतारद्वारा आगलागी पीडित परिवारलाई आर्थिक सहयोग

दोहा,। संखुवासभा समाज कतारले आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ। मंसिर २८ गते आइतबार संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नं. ४ निवासी श्याम कुमार लिम्बुको घरमा खाना पकाउने ग्यास चुलोबाट भएको आगलागीमा उनका बुबा ८८ वर्षीय वीरबहादुर लिम्बुको दुःखद निधन भएको थियो।

उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक रूपमा अग्रपङ्क्तिमा रहेको संखुवासभा समाज कतारले पीडित परिवारलाई राहतस्वरूप नेरु १९,९०१ (उन्नाइस हजार नौ सय एक रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको हो। उक्त रकम चैनपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष घनबहादुर तामाङ मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
साथै जिल्लामा भएका विभिन्न विपद् तथा सामाजिक घटनाहरूमा संस्थागत सहयोग गर्दै आएको कार्यवाहक अध्यक्ष पदम सिम्खडाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस