
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो खेल खेल्दैछ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो ।
ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्नेछ ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार