हाम्रो नेपाली समाजमा जड्याहा भन्ने बित्तिकै रक्सी जांड खाएर होहल्ला गर्नेलाई बुझाउछ । हुन पनि तिन पानेको झोल खाएपछि दुनियाँलाई झोल, आफ्नै खोल्ने पोल अनि इज्जतको धजिया उडाउदै संसार नै आफ्नो बिर्ता सम्झन्छन । नसम्झुन पनि कसरी त्यो चिज नै त्यस्तो रे।
मैले कतारको बसाईमा धेरै जड्याहाहरु देखे, ती मध्य कोहि दिनभरी ५० डिग्रीको गर्मीमा बडो परिश्रमको काम गरेर आउने साझ परे पछि लुमा तन्काउने, लुमे जड्याहा, कोहि खजुरबोटे जड्याहा, त कोहि लन्के जड्याहा, ! त्यसपछि अर्का हुन्छन, बाहिर गर्मीमा काम गर्न नपरेपनि कामले त्यति फुर्सद नहुने कारणले गर्दा छुट्टीको मेसो मिलाएर साथीभाई भेला भएर टन्न आँखाले तारा नदेखुन्जेल सम्म धोक्ने, आफैं-आफैंमा उपद्रो मच्चाउनेर मामा घरको बाटो लाग्ने ।
अनि अर्का जड्याहाहरु परे नेपाली समाज हाम्रो इसारामा चल्छ भन्ने कता बोल्न पाईन्छ भनेर मौका कुरेर बस्ने बोल्न पाए पछि मन लाग्दी बोल्ने अनि कसैले सवालको जवाफ सोधी हाले भने मैले भन्न खोजेको त्यस्तो होइन तपाईले सकारात्मक रुपले सोचिदिनु भनेर माफीपनि मागी हाल्ने कोहि तर्कीतर्की हिड्ने गर्छन ।
केही जड्याहा सार्वजनिक कार्यक्रममा बसेर खम्बा अर्डर गर्ने, कार्यक्रम हलमै यसो छेउ लागेर सबैले देख्ने गरि घुरेर सुत्ने, सामाजिक संजालमा परिवारको अगाडी बसेर पढ्नै नसक्ने गरि लेख्ने तर पनि आफूँलाई समाजको ठेकेदार भन्ने नैतिक आधारलाई उच्च स्थानमा राख्ने ।
केहि छन साँकेतिक जड्याहा, जस्ले आफूँले झोल नपिउँने तर झोल बाहेकका बाँकी केही नछोड्ने, जड्याहा भन्दा धेरै मत्त हुने, आफूँलाई समाजको ठेकेदार मात्रै हैन चेलीबेटीको उछितो काट्दै बस्ने र जड्याहा सामू आफूलाई थप उग्र बनाउने ।
एक दिनको कुरो हो, गाईनेहरुले आफ्नो मुखिया चुन्ने कार्यक्रम रहेछ। त्यो देशका टाईकोटमा सजिएका ठुलाबडा माननीय देखि नेता कर्याकर्ता देखि भरौटे सम्मको उपस्तिथि भएछ । गाईनेहरुको कार्यक्रम नाच्ने गाउने अनि रमाइलो त हुने नै भयो । नाच्नेहरु नाच्दै, गाउनेहरु गाउदै, अनि नेताहरु कतिले भाषण ठोकि सकेर अर्को ठाँउ श्रद्धा गर्न हिडि सके त कोहि कतिबेला मेरो पालो आउला भाषण ठोकेर कुलेलाम ठोकुम्ला भनेर कुरेर बसेका थिए ।
रमाइलो माहोल जड्याहालाई जांड नखाए के मज्जा कुरै भएन, यसो मेसो मिलाएर तन्काउन सुरु गरिहले । यसरी तन्काउनेमा समाजका कार्यकारी प्रमुख, कोहि पुर्व प्रमुख थिए भने कोहि समाजमा चर्का चर्का बहस गर्दै समाजिक सन्जालमा कुर्लने थिए ।
जड्याहा त हुन खाएसी संसार आफ्नै देखे, बोल्ने, धम्क्याउने, लफाडा भ्याए जति सवै गरे । आफ्नो मानमर्यादा सामाजिक प्रतिष्ठा सबै बिर्से । बडो असभ्य माहोल बन्यो । त्यहाँ आएका अन्य भलाद्मीले धोतीमा पिसाब आउने गरि भने जड्याहा त हुन के बुझ्थे दर्शक बनेर हेरिरहे । पछि कुकुरले टाँग मुनि पुच्छर लुकाएर झै गरेर लुसुक्क भागे ।
समाज पहिले जस्तो रहेन सामाजिक अभियन्ता पहिला रहेनन् , बिकृती बिसंगती अनि घमण्ड र स्वार्थी मानसिकको रोगी भए । हाम्रो समाजले गलत बाटो समातेको छ, सामाजिक असभ्य बन्दैछ सहि बाटोको पहिचाहन गरौं ।