२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

नेपाली महिला समाज कतारद्वारा मानव सेवा आश्रमलाइ सहयोग हस्तान्तरण

नेपाली महिला समाज कतार द्वारा मानव सेवा आश्रम लाइ सहयोग हस्तान्तरण गरेको छ ।

मानव सेवा आश्रम सहयोगार्थ राखिएको भाग्यशाली चिट्ठा कार्यक्रम मार्फत बचत भएको १ लाख तीस हजार आश्रमलाई हस्तान्तरण गरिएको हो ।

नारि दिवसको दिन चिठ्ठा खोलीएकोमा मंगलवार
समाजका अध्यक्ष सरिता भण्डारी पौडेल कोष अध्यक्ष सरिता चिलवाल , सदस्य अम्बिका गौतम शर्मा, रमा चापागाईंले नेपालको आश्रममै उपस्थित भएर सो रकम हस्तान्तरण गर्नुभएको ।

अध्यक्ष भण्डारीले प्राविधिक कारण बस सहयोग हस्तान्तरण गर्न ढिला भएकोमा दुख लागेको भएता पनि आश्रममै उपस्थित भएर रकम हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताउनुभयो ।

नेपाली महिला समाज कतारले कतारमा रहेर सामाज सेवाका कार्यमा सक्रिय रहदै आएको छ ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस