२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

नेपाली टिकटक समाज कतारको पहिलो अधिवेशनबाट अध्यक्षमा लक्ष्मी दर्नाल निर्बाचित

 

दोहा कतार, २७ साउन। ‘समाजसेवा र सचेतानमुलक सन्देश प्रवाह गरौँ, सभ्य र समृद्ध समाजको निर्माण गरौँ’ भन्ने नाराका साथ सन २०२० मा स्थापना भएको नेपाली टिकटक समाज कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ।

नेपाली टिकटक समाज कतारका संयोजक श्याम न्यौपानेको सभापतित्व तथा एन आर एन ए( एन सीसी) कतारका अध्यक्ष मुक्तादा मुसलमानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरु,बुद्धिजीवी, साहित्यकार, कलाकार तथा टिकटक प्रेमी दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

दिप सञ्चार मिडियाका प्रधान सम्पादक तथा संचालक दिप जंग शाहद्वारा दुई चरणमा संचालित कार्यक्रममा विभिन्न संघसंस्थाका ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राख्दै टिकटक एप्लिकेशनका सकारात्मक र नकारात्मक पक्षलाई स्पस्ट पार्दै नकारात्मक पक्षको निराकरण गरी सकारात्मक र समाज निर्माणका पक्षमा जोड दिन आग्रह गरेका थिए।टिकटक १५ सेकेन्डको भिडियोले क्षणभरमा बिश्वका हरेक कुनामा खवर सम्प्रेषण गर्न ठूलो मद्दत गरेको बताउएका थिए। उनिहरुले समाजसेवा गर्न समेत सहज रहेको जानकारी गराउदै कार्यक्रम सफलताको शुभकामना दिदै नवनिर्वाचित कार्यसमितिलाई अग्रीम शुभकामना ब्यक्त गरेका थिए।

समाजको प्रथम अधिवेशनबाट लक्ष्मी दर्नालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।जसानुसार प्रथम उपाध्यक्ष- धर्मेन्द्र कुमार खवास, द्वित्तीय उपाध्यक्ष- बद्री आलम, महिला उपाध्यक्ष -एन्जिला कार्की, महासचिव- विपिन शङ्कर, सचिव- दिलीप कुमार, कोषाध्यक्ष- ताहिर मियाँ (रेहान), सह–कोषाध्यक्ष -शौरव आचार्य चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरूमा अनुजा कार्की, पारु भट्ट, रेखा मगर, निशा श्रेष्ठ, अरसल सलमान, सोम लामा, उर्मिला लामा, एमडी मजिवुल र सरिता गिरी रहेका छन् । टिकटक समाजको संस्थापक संरक्षकमा राम राणपहेलिलाई जिम्मेवारी दिइएको छ ।
नवनिर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक मोहमद अजिज अलिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गराईएको थियो।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस