२०८१ पुष २९ गते सोमवार | 2025 January 13th Monday

गण्डकी प्रदेस कतारको समन्वयमा बनभोज तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

दोहा : गण्डकी प्रदेस समन्वय परिषद कतारको समन्वय र मातहतमा रहेका जिल्ला सस्थाहरुको संयुक्त आयोजनामा
बनभोज तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

सहयोगापेक्षी मानविय सेवाको सहयोगार्थ बडा दशैं , दिपावली,नेपाल संम्वत र छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान साथमा बृहत बनभोज एवंम बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

नेपाली मौलिक भाषा,संस्कार संस्कृती,रितीरिवाज,परम्परालाई प्रवासबाट भएपनि संरक्षण गर्दै आउँदो नयां पिडीमा हस्तान्तरण गर्नु आजको आबस्यक्ता रहेको महशुस गर्दै आउँदो शुक्रबार ७ अक्टोबर २०२२ मा सहाँनिया स्थित शुन्दर “अल दोसरी पार्क” मा हुन लागीरहेको परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठले बताए ।

कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति स्वरुप कौडा,घाटु,धिमे, पन्च्चेबाजा,भजन, लोक दोहोरी लगायत बिभिन्न मौलीक नृत्य तथा गायन हरुको एकै स्टेजमा जोडदारी प्रस्तुती रहने र कतारको सन्धर्वमा एउटा विशेष र फरक खालको कार्यक्रम गर्न लागीरहेको अध्यक्ष श्रेष्ठको कथन रहेको छ ।

नेपाली नियोग कतारबाट प्रमुख आथित्यमा हुन गैरहेको कार्यक्रममा कतारमा स्थापित जिल्ला स्तरिय संस्थाहरु,प्रदेश गत, बुद्धिजिवि तथा सामाजिक व्यक्तित्व ,ब्यवसायी,पत्रकार तथा सामाजीक अभियान्ता साथै कतारमा रहनुहुने सम्पुर्ण गण्डकी तथा गैर गण्डकी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाउनको लागी सादर अनुरोध गरिएको गण्डकी प्रदेस समन्वय परिषद कतारले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस