२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

कतारमा “दशैँ धमाका” सम्पन्न

दोहा , कतारमा एसएसके ब्रदर्सद्वारा आयोजित “दशैँ धमाका २०७९” सम्पन्न भएको छ । ७ अक्टोबर २०२२ शुक्रबारका दिन दोहा स्थित रेजेन्सी हलमा आयोजना गरिएको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रम नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर एसएसके ब्रदर्सले आयोजना गरेको हो । कतारमा लामो समयदेखि नेपाली सांगीतिक कार्यक्रमहरु आयोजना नहुँदा कार्यक्रम हेर्नको लागि आतुर रहेका दर्शकलाई यस कार्यकमले भरपुर मनोरञ्‍जन प्रदान गरेको विस्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुले आ-आफ्ना प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । गायक सर्जक रमेश राज भट्टराई, बेहुला बनाउछु भन्थी बौलाहा बनाएर गइ, राजा राजा भन्थी बाजा बजाएर गइ, बबाल भो, मेरी नथिया वाली जस्ता गित गएर उपस्थित दर्शकलाई नचाएका थिए l

त्यसैगरी चर्चित गायक, सर्जक तथा मोडेल अर्जुन सापकोटाले दुइ दुना चार,  भेट्न आए  दौडेर स्गायाई स्ययाई , गलबन्दी  लिस्कायो जस्ता आफ्नो चर्चित गीत गाउदै फ्लोरमा गएर दर्शक संगै नाच्न समेत भ्याएका थिए l    त्यस्तै पछिल्लो समयकी हिट लोक तथा दोहोरी गायिका सम्झना भण्डारीले मुटु भित्र बसेको मायालाई कहाँ बिर्सेयको छुर, औठी बेरुवाको, लम्जुङ्ग जाने बाटैमा तनहु बिर्सी जाने मायालाई के भनौ लगायतका गीत गएर  दर्शकलाई  मनोरंजन गराएकी थिइन् ।

पछिल्लो समय चर्चाको शिखरमा रहेका मोडल करिश्मा पुन मगर र भोजपुरी चलचित्रकी नायीका तथा चर्चित डान्सर प्रीति पासवानको नृत्यले भोजपुरी समुदायका दर्शकहरु उत्साहित देखिन्थे । कार्यक्रममा करिव ७ सय दर्शकहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार, सम्पूर्ण मिडिया पाटनर सहित  एकदर्जन बढी सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई  मायाको चिनो र प्रमाणपत्रद्वारा सम्मानित भएका थिए ।

औपचारिक कार्यक्रमको  संचालन एन आर एन ए एन सी सी कतारका महासचिव पदम गिरीले गरेका थिए भने सास्कृतिक कार्यक्रम भानु शर्मा   संचालन गरेका थिए l कतारमा रहेका दर्जनौ  ब्यवासायी द्वारा सपोंसर रहेको कार्यक्रममा प्रमुख अतिथि एन आर एन ए एन सी सी अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान थिए l   कार्यक्रम बाट भएको  मुनाफा बचतलाई अनाथ तथा जेहेन्दार बालबालिकाको शिक्षाको लागि खर्च गर्ने आयोजक एसएसके ब्रदर्स संचालक कृष्ण पन्थीले बताए । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई कार्यक्रम संयोजक सुमन भारतीले  आभार तथा धन्यवाद प्रकट गरेका थिए  ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस