२०८१ माघ १३ गते आइतवार | 2025 January 26th Sunday

९ डिसेम्बरमा जनप्रगतिशिल मञ्चले रक्तदान कार्यक्रम गर्ने

दिल कुमार श्रेष्ठ, दोहा । नेपाली जनप्रगतिशिल मञ्च कतारले ९ डिसेम्बर २०२२ मा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । यस मानवीय कार्य हमाद हस्पिटल अन्तर्गत रहेको ब्लड डोनेसन युनिटसंगको सहकार्यमा हुने मञ्च अध्यक्ष बुद्धि प्रसाद भण्डारीले जानकारी दिएका छन ।

रक्तदान आफैमा एउटा पुण्यको काम हो । प्रत्यक्ष पुण्य कमाउनको लागी रक्तदान भन्दा ठुलो अर्को कुनै उपाय छैन । पिडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तब्य हो । आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा हो । यसै अनुरुप जीवन जोखिममा रहेका मानिसहरुको रक्षाको लागी मानवीय कार्यलाई अगाडी सार्दै प्रगतिशिल मञ्चले रक्तदानको कार्यक्रमको आयोजना गर्न लागेको हो ।

स्मरण रहोस रक्तदान गर्न आउने दाताहरुले निम्न कुराहरुलाई ख्याल गर्नु पर्ने छ । रक्तदाताले आफ्नो परिचय पत्र लाइसेन्स वा हेल्थ कार्ड साथमा लिएर आउनु पर्ने छ । बाहिरको मुलुकबाट कतार प्रवेश गरेको ६ महिना र अघिल्लो पटक रक्तदान गरेको २ महिना पुगेको हुनु पर्ने छ । एन्टिबायोटिक या अन्य औषधि प्रयोग नगरेको साथै २४ घण्टा भित्र मदिरा सेवन गरेको हुनु हुदैन । रक्त दान गर्दा खाली पेटहुनु हुदैन भने रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुने छन् । त्यसै गरि दाताको उमेर १८ देखि ६५ बर्षको भित्र रहनु पर्नेका साथै ५० किलो ओजन हुनु आवस्यक छ ।

रक्तदान कार्यक्रममा कतारमा रहका सम्पूर्ण नेपाली दाजुभाईदिदीबहिनीहरु लगाएत कतारमा स्थापित नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु, पेशागत ब्यबसायीहरु, बुद्दिजीवी, समाजसेवी, पत्रकार लगाएत सबैलाई यस पुण्य कार्यमा सहभागी भई सहयोग गरिदिन मञ्चले हार्दिक अपिल गरेको छ ।
रक्तदान कार्यक्रममा सहभागी हुन चाहने कसैलाई पनि बिस्तृत जानकारी चाहिएको खण्डमा नेपाली जनप्रगतिशिल मञ्चमा आबद्द पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस