२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

फिफा २०२२: उदघाटन खेल कतार र इक्वेटर बिच हुने

दोहा: फुटबलको महाकुम्भ फिफा
विश्वकप आजबाट सुरु हुदैछ।
मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक विश्वकप आयोजना गरेको हो।
उदघाटन खेलमा आज समूह ‘ए’मा रहेका आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ।
६० हजार दर्शक क्षमताको अल खोरस्थितअल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ। खेल साँझ ७ बजे सुरु हुनेछ।खेल सुरु भन्दा अघि उद्घाटन कार्यक्रम साँझ 5 बजे सुरु हुनेछ। दर्शकको लागी 3 बजे गेटहरू खुल्नेछ ।पहिलो पटक विश्वकप आयोजना गरेको कतारले विश्वकपमा डेब्यू गर्दैछ।कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ।यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस