दोहा:कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ मा इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ ।
समूह बि अन्तर्गत आज भएको पहिलो खेलमा इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले विजयी सुरुआत गरेको हो ।
खलिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे ।
इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।
यस जितसँगै इंग्ल्यान्डले पहिलो खेलमै ३ अंक जोडेको छ ।
इरानले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।
तेस्तै त्यस्तै समूह ‘बी’ को अर्को खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा आजै अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।
विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार