२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

फिफा विश्वकप : आज चार खेल हुँदै, पहिलो खेलमा अर्जेन्टिना र साउदी अरब खेल्दै

दोहा – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मङ्गलवार चार खेलहरू हुँदैछन् ।

कतार विश्वकपमा मङ्गलवार समूह ‘सी’ र समूह ‘डी’को दुई दुई खेलहरू हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उपाधि दाबेदार अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । विश्वकप अन्तर्गत नै मङ्गलवार हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

त्यस्तै मङ्गलवार हुने चौंथो खेलमा साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामना गर्नेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

आठ रङ्गशालामा आयोजना भइरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस