
दोहा– कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकपमा ब्राजिलले विजयी सुरुवात गरेको छ ।
कतारको लुसेल स्टेडियममा भएको खेलमा ब्राजिलले सर्बियालाई २-० ले हराउदै विजयी सुरुवात गरेको हो।
ब्राजिलको जितमा रिचार्लिसनले २ गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रिचार्लिसनले खेलको ६२ औं र ७३ औं मिनेटमा गोल गरेका थिए। जितसँगै ब्राजिलले पहिलो खेलमै ३ अंक जोडेको छ ।ब्राजिल शीर्ष स्थानमा रहेको छ ।सर्बिया अंक विहीन रहदै पुछारमा रहेको छ
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार