दोहा: फुटबलको महाकुम्भ फिफा विश्वकपको इतिहास मै पहिलो पटक आज अल बियात स्टुडियममा हुने खेलमा महिला रेफ्रीले खेल सन्चालन गर्ने भएका छन।
बिहीबार हुने जर्मनी र कोस्टारिका बीचको खेलमा इतिहास मै पहिलो पटक तीन महिला रेफ्रीले खेल सन्चालन गर्ने भएका हुन।
जर्मनी र कोस्टारिका बीचको खेलमा स्टेफिन फ्रापपार्ट मूख्य रेफ्रीको भूमिकामा हुनेछिन् भने सहायक रेफ्रीमा नेउजा ब्याक र कारेन डियाज हुनेछन्।
विगतका विश्वकपमा पुरुषहरू मात्र फिफा रेफ्रीको भूमिकामा हुन्थे ।तर यस पटकको विश्वकपमा भने महिला रेफ्रीले पनि खेल सञ्चालन गर्ने भएका हुन।
प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार