२०८२ असोज २ गते बिहिवार | 2025 September 18th Thursday

कतारमा ल्होछार कन्सर्ट हुदै राजु लामा सहित दुई गायीका आउने

दोहा । सोनाम ल्होछारको अबसरम नेपाल तामाङ घेदुङ कतार शाखाले आयोजना मा  ” ल्होछार कन्सर्ट” आयोजना हुदै छ  ।
कार्यक्रमका लागी  चर्राचित गायक तथा भ्जुवास अफ नेपाल का बिजेता जज राजु  लामा संगै इन्द्रेणी कार्यक्रमको चर्चित लोकदोहोरी तथा मेहेन्दोमाया गायिका मनमाया वाईवा र  तामाङ सेलो गायिका रेश्मा बम्जन तामाङ आउदै छन्  ।

मंगोलियन हर्ट ब्याण्डका लामा १४ बर्ष पछि कन्सर्टका लागी कतार आउने छन् l दोहाको ओसिस बिच क्लबमा हुने कार्यक्रम तामाङ धेदुङको केन्द्रिय कार्यालय निर्माणको सहायोगार्थ गर्न लागिएको हो। १५०० जनाको क्षमता रहेको हलमा अन्तरिक सुरक्षाको समेत ब्याबस्था रहेको छ । हल बाहिर क्यट्रिङको समेत ब्यबस्था रहने जानकारी दिएका थिए ।

कमर्सियलको साथै सहयोगको लागी गरिने कार्यक्रमको १००, १७५ र ५०० कतारी रियल गरि तीन श्रेणीका टिकट शुल्क निर्धारण गरिएको छ । ५०० कतारी रियलको टिकट विशिष्ट श्रेणीको फ्यामिली टिकटमा एउटै परिवारका चार जना सदस्यहरुले प्रवेश पाउने छन । त्यस्तै १७५ को टिकट कपल , साथीहरु पुरुष, पुरुष, महिला महिला जो कोहिले लिन सक्ने छन भने १०० रियलको टिकट साधारण तर्फको रहेको छ ।

कार्यक्रम बारे जानकारी गराउन तामाङ धेदुङले पत्रकार सम्मेलन गरेको थियो ।पत्रकार सम्मेलनमा पत्रकारहरुको अलवा जनसम्पर्क समिती कतार उपसभापति ठाकुर परियार, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभात त्रिपाठि, जनप्रगतीशिल मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष चानक पोखरेल, संघीय लिम्बूवान कि अध्यक्ष रेखा राईको बिशेष उपस्थिती रहेको थियो ।

 

दोहाको रोयल रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता तामाङ घेदुङका अध्यक्ष इन्द्र बहादुर तामाङले गरेका थिए भने कार्यक्रम सचिव बिकास तामाङले संचालन गरेक थिए ।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस