२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाको छैटौं स्थापना दिवस सम्पन्न

दोहा ,

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाले पाचौ बार्षिक उत्सब तथा छैटौं स्थापना दिवस सम्पन्न गरेको छ l “हाम्रो अभियान-लोक सस्कृतिको संरक्षण, श्रष्ठाको सम्मान र नव प्रतिभा लाई प्रोत्साहन” भन्ने मुल नारालाई आत्मसात गर्दै सन् २०१७ मा स्थापित शाखाले नज्मा को शालीमार रेष्टुरेन्टको सभाहलमा वार्षिक उत्सब  भब्यताका साथ सम्पन्न गरेको हो l

शाखाका अध्यक्ष शिव ढकाल को सभापतित्व तथा दोहाको समाजमा अग्र स्थानमा रहनु हुने सामाजिक व्यक्तित्व श्री कमलमणी गुरागाईको प्रमुख आतिथ्यतामा संम्पन्न कार्यक्रममा शाखाका संस्थापकहरु, संरक्षकहरु , सल्लाहकारहरु, बिभिन्न बैचारिक संगठनका प्रमुख तथा प्रतिनिधिहरु, बुद्धिजीवी, व्यवसायी साथै कतारमा स्थापित बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिघीहरु, पत्रकार तथा लोक संगीत प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो l

राष्ट्रिय गान, ब्यानर अनावरण तथा दीप प्रज्वलन गरि विधिवत रुममा संचालित कार्यक्रममा नेपाली महिला समाजका बालकलाकारहरु  किन्जल पन्थी, बारबी खड्का, प्रज्ञा निउरे, आरोही थापा, आरुषी रिजाल, समृद्धि सापकोटा ले मिठो स्वागत नृत्य प्रस्तुत गरेका थिए l
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाको लोगो अंकित केक काटेर उपस्थितहरुलाई बार्षिक उत्सबको अबसरमा मुख मिठो समेत बनाइएको थियो l

संस्थाकी महिला सचिव रेश्मा सेन्चुरी द्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ढकालले राखेका थिए भने सास्कृतिक कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष गोविन्द कटुवालले गरेका थिए l

कार्यक्रमका शुभकामना मन्तव्य राख्दै वक्ताहरुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखा प्रदेशमा रहेर पनि आफ्नो श्रम गरेर बचेको समयलाई सदुपयोग गर्दै नेपाली लोक संस्कृति र संगीतको उत्थान तथा जगेर्ना गरेकोमा प्रसंशा गदै आउदो समयमा यसैलाई निरन्तरता दिदै कतारमा रहेका मेची देखि महाकाली सम्मका कलाकारहरुको संरक्षण तथा अभिभावकत्व लिन सुल्झाएका थिए l

कार्यक्रममा कलाकारहरु कृष्ण परियार, कृष्ण दर्लामी, दीपेन्द्र सुनार, देव घिमिरे, दीपक नेपाली, गीता भट्टराई, ले आफ्नो प्रस्तुती दिएका थिए l

कार्यक्रमको अन्त्यमा सभापति तथा अध्यक्ष शिवराम ढकालले मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने सबैको दायित्व रहेको बताउदै उपस्थित सम्पूर्णलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए l

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस