२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

राष्ट्रिय खेलकुद दिवसको उपलक्ष्यमा कतारमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

दोहा-कतारको बहु प्रतिष्ठित अलमाना ग्रुपले राष्ट्रिय खेलकुद दिवसको उपलक्ष्यमा कतारको अल अरबी खेल मैदानमा कंम्पनीका कर्मचारीको सहभागितामा एक दिवसीय मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ ।

कंम्पनीले श्रमीकको स्वास्थ्य लाई ध्यानमा राखी प्रत्येक वर्ष खेलकुद दिवसको अवसर पारेर खेल खेलाउदै आएको छ ।

खेलकुदले समाजको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले अभ्यासको महत्त्वमा जोड दिने र खेल दिवस मनाउने क्रममा वर्षेनी बढ्दो सहभागिताले अनुशासन, आपसी सम्मान, खेलकुद र टिमवर्क जस्ता ठूला मूल्यमान्यतालाई प्रोत्साहन गर्ने र एकतामा टेवा पुग्ने एक फुटबल सहभागीले बताए ।

बर्ष भरी काममा व्यस्त रहने श्रमीकको मानसिक तनाव  शारीरिक तन्दुरुस्ती र स्फूर्त  खेलकुदले नयाँ जोश जाँगर र सामाजिक समूहहरू र व्यक्तिहरूलाई सामाजिक शान्तिको लागि आवश्यक मूल्यहरूको बारेमा शिक्षित गर्न, विभिन्न खेलकुद अभ्यास गर्न, शारीरिक क्रियाकलाप गर्न र खेलकुदको  गतिविधिको लागी यस्ता कार्यक्रमहरूको आयोजना भईरहनु पर्ने एक अर्का सहभागी फुटबल खेलाडीले बताए ।

खेल तीन सम्म खेलिने र खेलको पहिलो दिन फुटबल खेल,दोस्रो दिन क्रिकेट र अन्तिम दिन भलिबल प्रतियोगिता रहने कंम्पनीका आयोजकले बताएका छन ।

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस