२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

स्याङ्गजा सहयोग समाज कतारको १८औ वार्षिकोत्सब भव्यताका साथ सम्पन्न

दोहा

स्याङ्गजा  सहयोग समाज कतारले आफ्नो १८औ वार्षिकोत्सव  दोहाको सालीमार स्ताम्बुल होटलको सभा हलमा एक भब्य कार्यक्रम गरी मनाएको छ |
समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्वमा भएको कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितीका अध्यक्ष टुकराज अर्यालको प्रमुख अतिथयता रहेको थियो |

“स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा दु:ख, पिडामा परेका नेपाली हरुको सहयोगका लागि सन २००५ मार्च ४ का दिन कतारमा स्थापना भएको स्याङ्गजा सहयोग समाज कतारको “१८औं वार्षिकोत्सब तथा बाल, वृद्ध आश्रम सहयोगार्थ विविध सास्कृतिक कार्यक्रम-2023”  नेपाली पञ्चे बाजा बजाएर  केक काटेर शुरु गरिएको थियो |

पछिल्लो  समय दोहामा हुने गरेका जिल्ला सस्थाहरुको कार्यक्रम हरु मध्य उत्कृष्ट रहेको कार्यक्रममा  एन आर एन ए आई सी सी , एन सिसि का पधाधिकारीहरु ,दोहाका नेपाली समाजका अग्रज समाज सेवी बुद्दिजिबी, ब्याबसायी हरु ,दोहामा  स्थापित बैचारिक सस्था ,   प्रदेश समन्व्य परिषद,साहित्यिक तथा सांगितिक सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्तिथीले हल खचाखच भएको थियो l

No description available.

स्याङ्गजा सहयोग समाजका बरिष्ठ उपाध्यक्ष घनश्याम जैसीले  स्वागत मन्तब्य राखेको कार्यक्रमा सस्थाका सस्थापकहरु  ,  संरक्षकहरु ,सल्लाहकारहरु  तथा पुर्व कार्यासमित पधाधिकारीहरु समाज अन्तर्गतका इकाईका प्रमुख तथा कार्यसमितिका पधाधिकारी तथा  स्याङ्जाली  साथै गैह स्याङ्गजाली हरुको बाक्लो उपस्थिति रहेको थियो  l

कार्यक्रममा स्याङ्जा सहयोग समाज बहराईका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकारलक्ष्मण श्रेष्ठको समेत उपस्थिती रहेको थियो l

समाजका सास्कृतिक संयोजक रोशन अर्याल  संयोजक रहेको कार्यक्रममा दोहामा रहेका परियार मित्रता समाज कतारका नौमती बाजाका टोलिले कार्यक्रममा नौमती बाजा बजाएर मनोरन्जन दिएका थिए भने काठमाडौं म्कायुजिकल बब्यान्डका कलाकार सगै  गायक अमृत लिम्बु, गोबिन्द गुरुङ, रेस्मी सेन्चुरी, देब घिमिरे, बाबु कौशल, बिक्की रामपाल, सतिश थापा टीना राई आदिले आफ्नो सानदार प्रस्तुती दिएका थिए  त्यस्तै कार्यक्रममा रमिला मोक्तान, लुना खतिवडा,सबिना मल्ल राई, बिना मगर, सुनिता शेर्पा, सरिता सफु श्रेष्ठ, निरु श्रेष्ठ, रन्जना गुरुङ, शिला गुरुङ, ऋतु गुरुङ, जिना गुरुङ, तिलमाया गुरुङ, सृष्टि श्रेष्ठ (सिमरन),  शान्ति ओलीले आफ्नो नित्य प्रस्तुत गर्दै हललाई मनोरन्जन दिएका थिए l

No description available.

No description available.

कार्यक्रममा  एन आर एन ए उपाध्यक्ष आर  के शर्मा,  युवा उपाध्यक्ष राज   रेग्मी,  सहकोषाध्यक्ष होमनाथ शर्मा,  मध्पूयपुर्व सह संयोजक के  बि हमाल,  आई सिसि सदस्स सरिता भण्डारी पौडेल, समाजसेवी कमलमणी गुरागाई , सागर नेपाल , चाडक पोख्रेल, एन आर एन ए  एन सी सी कतारका सचिब दिप जंग शाह ठकुरी लगायतले   वार्षिकोत्सबमा शुभकामना दिदै स्याङ्गजा सहयोग समाजले १८ बर्ष बर्ष देखि गर्दै आएको समाज सेवाबाट अन्य सास्थाले सिक्नुपर्ने बताएका थिए l

No description available.

सास्कृतिक कार्यक्रम भए पनि एक फरक किसिमले कतारमा अवस्थित नेपाली बैक हरुका प्रतिनिधि हरुलाई करिब १० मिनेट नेपाली  सेयर बजार , आइ पी यो, व्यक्तिगत खाता खोल्ने  सम्बन्धमा  अभिमुखी कारण कार्यक्रम पनि रहेको थियो जसमा नबिल बैकका प्रतिनिधि दिपेन्द्र पौडेल , ग्लोबल आइ एम ई प्रतिनिधि प्रसान्त केशीले प्रशिक्षण गरेका थिए l

 

कार्यक्रममा पत्रकार तिलु शर्मा पौडेल , सन्तोष के शि , फोटो पत्रकार दर्शन सुनार र  एफ एज जे कतार न्युजलाई सम्मान गरिएको  थियो l तेस्तै स्याङ्गजा जिल्ला बासी दोहाका अन्य सस्थाको  विभिन्न तहमा  पुगेका व्यक्तित्व हरुलाई समेत बधाई ज्ञापन गरिएको थियो l जसमा अर्जुन पौडेल सचिव नेपाल पत्रकार महासंघ कतार , टौमाया गुरुङ तमु समाज कतारअध्यक्ष, रोशन अर्याल गण्डकी प्रदेश समन्वय समिती कोषाध्यक्ष, सपना नेपाली गण्डकी प्रदेश महिला उपाध्यक्ष रहेका थिए l समाजले गण्डकी प्रदेश समन्वय समितीका अध्यक्ष  साथै नयाँ कार्यसमितीलाई समेत बधाई ज्ञापन पत्र दिएको थियो l

No description available.

No description available.

 

No description available.कार्यक्रमका प्रमुख अतिथि स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समितीका अध्यक्ष टुकराज अर्यालले हलमा उपस्तिथ भएका सबैलाई धन्यवाद दिदै स्याङ्जा सहयोग समाजका टिमलाई समेत धन्यवाद दिए | जिल्लामा भएका हरेक सामाजिक कार्यमा समाजले हातेमालो गर्दै अगाडि बढीरहेको बताउदै आउने दिनहरुमा समाज प्रती  अझै नयाँ नयाँ परोपकारी योजनाहरु ल्याउने कुरामा जोड दिएका थिए | अर्यालले स्याङ्गजा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितिको पहलमा स्याङ्गजामा खोलिएको बचत सहकारीमार्फत बिकाशका कार्यक्रममा जोडिन स्याङ्गजा बासी तथा गैह स्याङ्गजा बासीलाई आह्वान समेत गरेका थिए l  कार्यक्रमलाई प्रबिधी तर्फ अमित कुवरले सहयोग पुर्याएका थिए भने सस्थाका सचिव अर्जुन पौडेलले कार्यक्रमलाई सहजिकरण गरेका थिए |

No description available.

अन्त्यमा कार्यक्रमका सभापती समाजका अध्यक्ष प्रकाश परियारले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटेर काम गर्ने सस्थाका सदस्यहरु, उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यसरी नै साथ सहयोग को अपेक्षा रहेको बताउदै कार्यक्रमको समापन गरेका थिए l

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस