दोहा कतार
कास्की आदर्श समाज कतारको आयोजनामा तथा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद विभागको सहकार्यमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो पर्व बक्र ईदको अवसरमा आयोजित अन्तर नेपाली समुदायको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा मार्फत जानकारी गराइयो ।
प्रतियोगितामा भाग लिन नेपालबाट ३ जना राष्ट्रिय खेलाडी इम राना, बिशाल बि क र मनोज खड्का कतार आउने भएको कुरा समाजका उपाध्यक्ष तथा खेलकुद संयोजक अमृत बिस्वकर्मा ले जानकारी दिए।
प्रतियोगिता सनैयाको स्टेट न ५४को लेफट साईडमा हुने उक्त मैदानमा करिब १० जना अफिसियल टिम राष्ट्रिय रेफ्री समेत रहेको कुरा पनि जानकारी दिए ।
कतारमा पनि भलिबल खेल निकै लोकप्रिय रहेको बताउदै खुल्ला भलिबल प्रतियोगितामा खेलाडी जुनसुकै टिम बाट पनि सहभागी भएर खेल खेल्न पाईने बताए ।
आयोजकले पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार खेलको कुल लागत करिब (३२ हजार रियाल) ११ लाख बजेट अनुमान रहने जानकारी दिएको छ ।
उनले नेपाली समुदायले गर्ने हरेक कार्यमा (एन आर एन ए ) सदैब समन्वय गर्न तयार रहेको र नेपाली समुदायलाई स्वयम् आफू पनि सहयोग र समर्थन गर्न तप्पर भएको बताए ।
खेलमा सहभागी हुन चाहाने टिमले २५ तारिक भित्र टिम दर्ता गराईसक्नु पर्ने छ र टिम दर्ता (५०५ रियाल ) रहेको छ । प्रतियोगितामा प्रथम पुरुस्कार ( ५,हजार रियाल ) दोस्रो पुरुस्कार ( २५०० रियाल) तेस्रो पुरुस्कार ( १००० रियाल)र चौथो पुरुस्कार ( ५०० रियाल ) र मेडल र प्रमाणपत्र समेत रहेको र खेल मैदानमा खेलाडीहरुलाई पासको ब्यबस्था गरिएको र खेलाडीहरुलाई कुनै समस्या परेमा हेल्प डेस्कको पनि उचित ब्यबस्था रहेको खेल संयोजकले बताए ।
समाजका महासचिव बिष्णु तिमल्सिनाले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष अग्नीधर देवकोटाले पत्रकार सम्मेलन गर्नुको मेन उद्देश्य फरक र पृथक सन्देशमुलकको लागी गरेको बताउदै उपस्थित सम्पुर्णलाई मिडिया पाटनर तथा पत्रकारहरुलाई विशेष धन्यवाद प्रकट गरेका थिए