२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

अल्खोरमा तीज विशेष कार्यक्रम हुँदै

दोहा / सन्ध्याग्रुप कतारको आयोजनामा,अल्खोर नेपाली सुपर टिमको समन्वयमा नेपाली महिला हरुको महान चाड हरितालिका तीजको अवसर पारेर “तीज विशेष ” कार्यक्रम हुने भएको छ ।

आउँदो सेक्टेम्बर २२ तारिक शुक्रबारको दिन शुभकामना आदानप्रदान,दर खाने तथा विविध सांस्कृतिक कार्यक्रम सहित तीज विशेष ” कार्यक्रम हुने भएको सन्ध्याग्रुप कतारले जनाएको छ ।

“समाज विकासमा प्रवासीको योगदान “भन्ने मुल नारालाई लिएर स्थापना गरिएको संस्थाको साहित्यक, सांस्कृतिक र खेलकुद गरि ३ बिधालाई समेट्दै अगाडि बढेको संस्थाले कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको छ ।  ।

“तीज कार्यक्रम विशेष गरि नेपाली महिला दिदिबहिनी हरुलाई मध्यनजर गर्दै आयोजना गरिएको” र बिदेशमै भएरपनि आफ्नै माइतीघरको आगनमा दर खादै `रातो साडी चुरापोतेमा सजिदै छमछ्मी नाच्ने´ गरि स्वदेशको झल्को मेटाउन कार्यक्रमको आयोजना गरिएको र अतिथि स्टेज, देखी प्रमुख अतिथि सम्म महिला नै रहने सन्ध्याग्रुप कतारले जनाएको छ ।

उक्तदिन अरुकुनै कार्यक्रम नजुधाउन आग्रह गर्दै कार्यक्रममा गरिमामय उपस्थिति भई शोभा बढाई दिनुहुन साथै आफ्नो मौलिक संस्कार संस्कृतिलाई संरक्षण सम्वर्धनमा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताउदै कतारमा कार्यरत सम्पुर्ण नेपाली नारीहरुलाई उपस्थितको लागि आयोजक संस्था सन्ध्याग्रुप अल्खोर कतार र अल्खोर नेपाली सुपर टिमले हार्दिक अपिल गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस